३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

शेर्पा किदुगले बाषिर्क साधारण सभा र ल्होसार कार्यक्रम गदै


Ang

२७ पुस २०७४, बिहिबार  

0
Shares


शेर्पा किदुग अमेरिकाले आगामी फेबररी ४ तारिख शेर्पा किदुगको बाषिर्क साधारण सभा र शेर्पा जातीको महान चाड ल्होसारको अवसरमा फेबररी १६ र १७ मा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । किदुगका महासचिव तेन्डी शेर्पाले दिएको जानकारी अनुसार ल्होसार अगावै हुन लागेको शेर्पा किदुगको बाषिर्क साधारण सभामा किदुगले गदै आएको बाषिर्क प्रगति विवरण र आर्थिक विवरणमाथि छलफल हुने भएकोले सवै सदस्यहरु, आजीवन सदस्यहरु र संरक्षकहरु सबैलाई उपस्थितिको लागी आग्रह गरेको छ । किदुगले अहिलेसम्म सदस्यता नलिएकाहरुलाई पनि सदस्यता वितरण गरिरहेकोले नबनेको कोही भएमा किदुगमा आइ सम्पर्क राख्न आग्रह गरेको छ ।

किदुगले यस पटक फेबररी १६ तारिख ल्होसारको पहिलो ( छेची) को दिन गुम्बामा विहानदेखि पुजा कार्यक्रमको साथ ध्वजा उठाउने भएको छ भने फेबररी १७ तारिख शनिबारको दिन शेर्पा लोक नृत्य सेब्रु र शेर्पा गीतहरुको प्रतियोगिता आयोजना गरिने भएको छ ।

‘ शेर्पा जातीको मौलिक भाषा र सस्कृतिको संरक्षणको लागी विगत झै यस पटक पनि शेर्पा लोक नृत्य र गीत आयोजना गर्न लागेको हो ‘ महासचिव तेन्डी शेर्पाले बताए । विभिन्न उमेर समुहहरु वीच हुने प्रतियोगितामा पुरस्कारको व्यवस्था गरेको उनले बताए । ल्होसारको पहिलो दिन ल्हाप्सुमा टांग्ने लुङदाहरु समेत त्यही रम्ने गरिने भएकोले ल्हाप्सुमा कसैले लुङदा टांग्ने इच्छा गरेको भए त्यही दिन रम्नेको लागी ल्याउन आग्रह गरेको छ । किदुगले यस पटक ल्हाप्सु फेबररी २५ तारिखमा र मार्चको ३ तारिख बाषिर्क रुपमा आयोजना गदै आएको ल्होसार पाटी आयोजना गर्न लागेको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार  ३ : ३० बजे