२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

युएईको देइरा दुबईमा सोनाम ल्होछार: फूलकुमार र रोशन फ्युबाले मच्चाए धमाका


७ माघ २०७४, आइतबार  

0
Shares

युएई । तामाङ समूदायको नयाँ वर्ष २८५४ औं खी (नागी ल्हो) ल्होछारको अवसरमा युएईको दुबईमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । युएईको देइरा दुबईस्थित कार्ल्टन टावर होटलमा तामाङ समाज युएईको आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा नेपालबाट बिशेष अतिथिमा दुबई आईपुगेका कलाकार चर्चित सेलो गायक तथा संगीतकार फूलकुमार बम्जनसाथै चर्चित म्हेन्दोमाया गायक तथा संगीतकार रोशन फ्युबा तामाङले धमाका मच्चाएका थिए।

कार्यक्रममा प्रगतिशिल कलाकार संघका उपध्यक्ष तथा गायक प्रबेग दोङले सेलो भेडी र चौरी तथा नेपाली गीत राखेर शुरुवाती समयलाई संगीतमय बनाएका थिए । क्रमश प्रगतिशिल कलाकार संघका कलाकारहरु आ-आफ्नो प्रस्तुति गायन तथा जोडदार नृत्य प्रस्तुत गरेको थिए।

बीचमा म्हेन्दोमाया गायक तथा संगीतकार रोशन फ्युबा मंञ्चमा उत्रिएसंगै दर्शकहरुको भिड बढेको थिए। फ्युबा तामाङले म्हेन्दोमाया तथा सेलो गीतको दमकेदार प्रस्तुत गरेर दर्शकहरुलाई नचाएको थियो ।

निरन्तर स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति संगै चर्चित सेलो गायक तथा संगीतकार फूलकुमार बोम्जनको सेलो घन्किएपछि दर्शकहरुको आ-आफ्नो ठाउँमा उठेर मञ्चमा संगै पुगेर नाचेका थिए।

गायक तथा संगीतकार बम्जनले ‘च्याङबा हो म त तामाङको छोरो लेकाली भोटे नभन, पहाडी रोडको नागबेली घुम्ती आउनु है सिन्धुली गढीमा ,आज म सँगै जाउँ कान्छी नयाँ लुगा किनेर लगाइ दिउँला लगायतका तामाङ तथा सेलो गरी आधा दर्जन बढी गीत गाउँदा दर्शक मञ्चमै आएर नाचेका थिए।

कार्यक्रममा बम्जन, फ्युबा, तामाङ समाज युएईभित्र रहेर क्रियाशिल तामाङ रिमठिम र संस्कृति सम्बर्द्धनमा योगदान दिएका ब्यक्तिहरुलाई सम्मानित गर्दै कदर पत्र प्रदान गरेको थियो।

तामाङ समाज युएईको अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा प्रमुख अतिथि र विशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङको केन्द्रीय सचिव रामकृष्ण ब्लोन, नेपाल तामाङ विद्यार्थी घेदुङकी सचिव इन्द्रमाया तामाङ लगायतको अन्य विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार  ९ : ०४ बजे