११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

तीन लाख घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ


८ माघ २०७४, सोमबार  

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ ।

प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत रहँदा निज खड्काले एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी तीन लाख मागेको खुल्न आएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार  ७ : ४८ बजे