१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

फिल्म फेरि फेरि ‘8K’ क्यामेराले खिच्ने, ऋचाको अपोजिटमा अर्पण


९ माघ २०७४, मंगलबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

नेपाली फिल्म क्षेत्रमा नयाँ नाम ‘फेरि फेरि’ पनि थपिने भएको छ । मंगलबार मध्य बानेश्वरस्थित डाइनिङ पार्कमा उक्त फिल्मको शुभ मुहुर्त गरियो ।

पुरन थापाको लेखनमा माता बसुन्धारा मुभिज प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो । फिल्म निर्देशनको जिम्मेवारी लेखक थापाले नै सम्हाल्ने भएका छन् ।


कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । फिल्मको ‘एक्सन कट’ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता उत्तम केसीले गरे भने निर्देशक थापाले नरिवल फोडे ।


फेरि फेरिमा अर्पन थापा र ऋचा शर्मा मुख्य भूमिकामा देखिनेछन् । साथमा धर्मेन्द्र आचार्य, लय संग्रैेला, ओमप्रतीक गुरुङ, पुरन थापा, ध्रुव कोइराला, एलिना बास्कोटा, रश्मी पाण्डे र बाल कलाकारको एन्जल राईको प्रस्तुति रहने छ ।


‘फेरि फेरि’ निर्माणमा निरज थापाले हात हालेका छन् । थापा निर्देशक पुरन पुत्र हुन् । फिल्म छायाँकनको जिम्मेवारी सुरेश बज्रचार्यले पाएका छन् भने द्वन्द्वमा एनबी महर्जन, संगीत विकास चौधरी र पुरन थापा, नृत्य रामजी लामिछानेले सम्हाल्ने भएका छन् ।

फिल्म हाँस्य तथा नारी प्रदान बन्ने भएको पुरनले बताए । उनले भने, ‘यो सिनेमालाई खिच्न नेपालमै पहिलो पल्ट ‘एट के’ क्यामेराको प्रयोगबाट गर्न लागिएको छ ।’

 

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार  ८ : ४२ बजे