४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

साहित्यकार क्षेत्रीको ‘चराको गीत’ बजारमा


Ang

१८ माघ २०७४, बिहिबार  

0
Shares

न्युयोर्कका नेपाली वाणिज्यदूत तथा साहित्यकार कृसु क्षेत्रीको दोश्रो कविता संग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । यो कविता संग्रह साझा प्रकाशनले हालै बजारमा ल्याएको हो । साहित्यकार क्षेत्रीले यस अघि विस २०६३ सालमा पहिलो कविता संग्रह ‘बोधिसत्वको मृत्यु उत्साव’ प्रकाशित गरेका थिए । १२ वर्षको अन्तरालमा प्रकाशित यो नया कविता संग्रहमा केही पुराना र केही नया कविता गरी ४२ थान कविता रहेको साहित्यकार क्षेत्रीले जानकारी दिएका छन ।

नया कविता संग्रह प्रकाशित भएपछि उनले १२ वर्षमा खोलो फर्किन्छ भन्थे हो रहेछ भन्दै खुसी व्यक्त गरेका छन । यो कविता संग्रह प्रकाशनका लागी महाप्रबन्धक डोलिन्द्र प्रकाश शर्मा, भुमिका लेखक बरिष्ठ समालोचक डा लक्ष्मण प्रसाद गौतम, आवारणका लागी प्राज्ञ रमेश श्रेष्ठ,लेखक तस्विरका लागी बरिष्ठ फोटोग्राफर विमल नेपाल र टाइपसेटिङको लागी भोला मर्हजनलाई साहित्यकार क्षेत्रीले आभार प्रकट गरेका छन ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ९ : ५२ बजे