२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

शुरु भयो लोसार गुथुक साँझ: २५ फोटोमा हेर्नुस


२ फाल्गुन २०७४, बुधबार  

0
Shares

काठमाडौं: शेर्पाहरुको महान पर्व ग्याल्पो लोसार आजबाट सुरु भएको छ। यसै अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले काठमाडौंको कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा लोसार गुथुक साँझ आयोजना गरेको छ।

गुथुक साँझ विशेष अतिथि आचार्य नुर्बु शेर्पा, अाचार्य सार्की शेर्पा, विश्व शेर्पा मञ्चका अध्यक्ष एडी लामा शेर्पा लगायतले छ्युमी बालेर कार्यक्रम उद्घाटन गरे ।

‘स फो खि ल्हो २१४५ औं ग्याल्पो ल्होसार’ आयोजक समितिकी संयोजक आङडोमा शेर्पाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले गरिरहेका छन् ।

कार्यक्रममा विभिन्न शेर्पा नृत्यहरु प्रस्तुत गरिएको छ भने चर्चित गायकहरुले गीत प्रस्तुत गरेका छन् ।

 

 

साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता

यसैगरी साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता पनि भएको छ। यसपटकको प्रतियोगितामा १२ जना सहभागी भएका छन् । प्रथमलाई २० हजार दोस्रोलाई १५ हजार तेस्रो लाई १० हजार र एकजना सान्त्वनालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विजयीलाई भोलि पुरस्कार वितरण गरिने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार  ८ : ५६ बजे