५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित


२१ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

देउवाले ४४ मत पाए भने प्रकाशमान सिंहले १९ मत पाएका छन्।

योसँगै प्रतिनिधि सभामा देउवा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बन्ने भएका छन्।

नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज भएको मतदान भएको थियो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ५ : १४ बजे