३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

बिकु लामाको कविता संग्रह ‘सपनाको ट्रान्जिटमा’ सार्वजनिक


२२ फाल्गुन २०७४, मंगलबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

साहित्यकार बिकु लामाको तेस्रो कविता संग्रह ‘सपनाको ट्रन्जिटमा’ विमोचन भएको छ।

मंगलबार नयाँ बानेश्वोरस्थित लेखन कुञ्ज नाटकघरमा आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार तुलसी दिवस, कथाकार माया ठकुरी समालोचक महेश पौडैल, पत्रकार तथा साहित्यकार फुलमान वललगायतले उक्त कविता संग्रह विमोचन गरेका हुन्।

कविता संग्रहका कविताहरु उत्कृष्त भएका कारण अन्य कविले हेर्दा इर्ष्या गर्ने खालको भएको वरिष्ठ कवि तुलसी दिवसले बताए । दिवसले भने, ‘नेताले अनेक हावादारी गफ लगाएर भाषण ठोके जस्तो कुनै कविले समाजमा रहेको भन्दा बाहिर कल्पना गरेर कवितामा उतार्न बिल्कुल पाउने छैन। जे गर्न सकिन्छ वा हुन सक्ने सम्भावना लाइ मात्र कवितामा प्रस्तुत गर्न भने कसैले पनि रोक्न सक्दैन यद्यपि कवि बिकु लामाले सरल भाषामा लेखेका छन् ।’

लामाको कविता संग्रह थोरै भएपनि धरै सामाजिक कुराहरु अटाउन खोजिएको  कथाकार माया ठकुरीले बताइन् । उनले जातीय पहिचान र आफ्नो अधिकार कसरी पाउन सकिन्छ भनेर कवितामा सुन्दरता पूर्ण रुपले प्रस्तुत गरिएको भन्दै प्रशंसा गरिन् ।

समारोहमा उक्त संग्रहका कवितासमेत वाचन गरिएको थियो। लामाका यसअघि सोइनम नियात्रा उपन्यास र मृत्यु बिर्सनेहरु कविता संग्रह प्रकाशित छन्। पछिल्लो कवितासंग्रहमा लामा सशक्त रुपमा देखिएको पत्रकार फूलमन वलले बताए।

लेखक लामाले लामो दाह्री पाल्ने र साइडमा झोला भिर्ने पहिचानबाट कविहरु परिमार्जन हुनुपर्ने उल्लेख गर्दै भने, ‘मैले लेखेको कविता समाज परिवर्तनका एक प्रवाह हो।’

पुस्तक बिक्रीबाट जम्मा हुने पैसाले काभ्रे जिल्लमा पाँच सय उनानसय स्कुलमानै लाइबेरी को स्थापनाको लागि खर्च गर्ने उनले  बताए । यसअघि उनकै पहलमा ३ सय भन्दा बढी विद्यालयमा पुस्तकालय स्थापना भएका छन् ।

सोइनम बुक्सले प्रकाशन गरिएको पुस्तक ३३ कविता छन्। किताबको मुल्य २,५० रुपैयाँ तोकेको छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार  ८ : ५३ बजे