७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आरक्षणभन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुहोस : प्रम ओली


८ चैत्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दाक्षमता र प्रतिष्पर्धामाविश्वास गर्न आग्रह गरेका छन्।

राष्ट्रिय महिलाउद्यमीमहासंघले आजललितपुरको सानेपामाआयोजना गरेको  तेस्रो अन्तराष्ट्रिय महिलाउद्यमीव्यापार मेला २०७४ को उद्धघाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएको हुन् ।

प्रधानमन्त्रीओलीले भने ‘आरक्षण केही समयलाई हो । पछिलाई कामलाग्दैन ।’ अखिल नेपालमहिला संघको अगुवाइमादशक अघि  सुरु भएको ३३ प्रतिशतआरक्षणको उपलब्धीअहिले ४१ प्रतिशतमापुगेको ओलीले बताए ।

‘महिलाहरुले सुरुमा ३३ प्रतिशतआरक्षण माग्नु भएको थियो’ ओलीले भने ‘स्थानीतह देखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशतपुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पु¥याउदैछौं ।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्मप्रतिष्पर्धी क्षमताबिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनिध्यानदिनु पर्ने ओलीको भनाइ छ । ‘घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमाशसक्तबनाउन सकिन्छ’ उनले भने ‘महिलाउद्यमीहरुले निर्यातजन्यवश्तुको उत्पादनगर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन ।’

ओलीले वर्तमान सरकारको गठन एउटा नियमितप्रक्रियाभन्दा फरक रहेको बताएका छन् । ‘यो सरकार परिवर्तन मात्रहोइन ’ ओलीले भने ‘यो प्रणालीको परिवर्तन हो । सरकारको उद्धेश्यको परिवर्तन हो ।’

वर्तमान सरकारले देश निर्माण  र जनताको हितबाहेक अरु कुनै कुरा नसोचेको उनले बताएका छन् । मेलामाप्रदर्शनीकालागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरीक्षण पनिगर्नु अोलीले भनेका थिए ।

 

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  ६ : ०६ बजे