१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

ईपिएस परीक्षा फारम भर्न रातिबाटै लाइन


८ चैत्र २०७४, बिहिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौँ

नवौं पटकको लागि कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन शुल्क बैंकमा जम्मा गरेपछि  इपीएस नेपालको वेबसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।

आवेदन शुल्क ग्लोबल बैंकका जुनसुकै शाखाबाट जम्मा गर्न सकिने ईपिएस शाखाले जनाएको छ।परीक्षा जेठ २६ र २७ गते हुनेछ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ।

पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्।आवेदन शूल्क २४ डलर तोकिएको छ। सहभागी परीक्षार्थीमध्ये योपटक सात हजार १०० जनाको मेरिटमा पर्नेहरु रोजगारीमा कोरिया जानका लागि योग्य सूचीमा सामेल हुनेछन्।

जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ।फारम भर्न कतिपय भने अघिल्लो साँझदेखि नै लाइनमा लागेका छन् । सुरक्षित रोजगारीका कारण कोरिया जान चाहनेको आकर्षण इपिएसमा बढ्दो छ।

कोरियामा रोजगारीका लागि जान भाषा परीक्षा पास अनिवार्य भएकोले परीक्षामा सामेल हुनेको भिड बढेको हो। आगमी जेठ २६ र २७ गते हुने परीक्षामा उत्पादकमा ४८०० र कृषकमा २३०० नेपाली कामदारको माग गरिएको इपिएसले जनाएको छ।

हाल सम्म करिव ५१ हजार नेपालीले कोरिया प्रस्थान गरिसकेको जानकारी इपिएस शाखाले बताएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  ८ : १३ बजे