३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

युवा विदेश पलायन रोकौं: राष्ट्रपति भण्डारी


१५ चैत्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई रोक्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेकी छिन् ।

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मिनेट सम्बोधन गर्दै युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई रोक्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेकी हुन्।

बिहिबार संघिय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले समुन्नत समाज निमार्णको अभियानमा लाग्न सबैलाई आह्वान गरेकी छिन्।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी भइ मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताइन्।

भण्डारीले भनिन्, ‘हामीमाझ असाधारण सम्भावनाको ढोका खुला छ, समृद्ध नेपाल खुसी नेपालीको हाम्रो अभियान सफलता प्राप्त गर्ने दिशामा अगाडि बढाएको छ।’

राष्ट्र र समृद्धि प्राप्तिका लागि भ्रष्टाचार, दमन, उत्पीडन र अशान्तिको अन्त्य गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार  ५ : २५ बजे