११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मदन भण्डारी र पासाङ ल्हामु शेर्पाको फोटो सगरमाथाको चुचुरोमा


२३ चैत्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । सोलुखुम्बूकी आरोही ल्हाक्पा याङ्जी , पासाङ ल्हामू र याङ्डी शेर्पाले राष्ट्रिय विभूती पासाङ ल्हामु शेर्पाले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाको फोटो सगरमाथाको चुचुरोमा पुर्याउने भएका छन्।

पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामू शेर्पाको २५ औ बार्षिक उत्सवको अवसरमा उनको सम्झना र सम्मान स्वरुप फोटोसहित नेपाली झण्डा फहराइने भएको हो । वुमेन कन्फिडेन्ट अभियानका आरोही महिला टोलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट तस्बिर र झण्डा ग्रहण गरेका छन् ।

रजत दिवसको अवसरमा पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको सहजिकरणमा नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय विभूती पासाङ शेर्पा र जननेता मदनकुमार भण्डारीको प्रतिमा तथा प्रतिष्ठानको चिन्ह चुचुरोमा पुर्‍याउन राष्ट्रपति भण्डारीले हस्तान्तरण गरेकी छिन्।

 

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  १० : १५ बजे