६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

क्यालिफोर्नियामा एनआरएन विज्ञ सम्मेलन शुरु


३ असार २०७५, आइतबार  

0
Shares

क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिकाको संयुक्त पहलमा  विज्ञ सम्मेलन शुरु भएको छ । गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिकाद्धारा संयुक्त रुपमा आयोजित विज्ञ सम्मेलन शनिवार क्यालिफोर्निया सनफ्रान्सिस्कोमा शुरु भएको हो ।
सम्मेलनको शनिवार विहानको सत्रमा शिक्षा, स्वास्थ्य र नेटवर्किङ क्षेत्रमा सम्वन्धित रहेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।  नेपालको विद्यालयलाई कसरी अझ गुणस्तरीय वनाउन सकिन्छ, सामुदायिक विद्यालयको महत्व, स्वास्थ्य क्षेत्रमा उपलव्ध अवसर लगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको छ । यसमा छलफल भएको थियो । नेपालमा अन्य देशका राम्रो उदाहरण कसरी लैजान सकिन्छ यस विषयमा छलफल भएको थियो ।
उक्त सभामा नेपाल सरकारका मन्त्री, पूर्व मन्त्री, अमेरिकाका लागि नेपाली राजदुत, एनआरएनएका केन्द्रिय पदाधिकारीहरु लगायतको सहभागिता छ ।
शनिवार दिनभर विभिन्न ७ विषयगत क्षेत्रमा छलफल हुने छ । एनआरएनले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र प्रविधि एवं पूंजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य यो सम्मेलन आयोजना गरेको छ ।
गैर आवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्राउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोग ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसलैलाई मनन गरी यो कार्यक्रम हुन लागेको हो । यो नेपालमा आउने अक्टोबर महिनामा हुन लागेको विश्व विज्ञ सम्मेलनको पुर्व तयारी पनि हो ।
 कार्यक्रममा अमेरिका, क्यानडा वेलायत, जापान, रसिया, जमर्नी, साइप्रस, बेल्जियम लगायतका देशका विज्ञ लगायत एनआरएन पदाधिकारीहरुको सहभागिता हुने छ ।

प्रकाशित मिति : ३ असार २०७५, आइतबार  ७ : ३२ बजे