११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

स्विट्जरल्यान्डविरुद्ध एक गोल गर्दै स्विडेन क्वाटरफाइनल प्रवेश


१९ असार २०७५, मंगलबार  

0
Shares

एमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल स्विडेनलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउन पर्याप्त भयो ।

एक दर्जनभन्दा बढी सट र तीन वटा सट अन टार्गेटको तथ्याङ्क भए पनि गोलमा परिणत गर्न नसक्दा स्विट्जरल्यान्ड क्वार्टरफाइनल प्रवेश गर्नबाट वञ्चित भयो ।

स्विट्जरल्यान्ड दुई गोल खानबाट भने जोगियो । थपिएको तीन मिनेट इन्जुरी टाइमको अन्तिम केही सेकेन्डमा रेफ्रीले दिएको पेनाल्टी भिएआर रिभ्युमा उल्टिएको थियो ।

स्विडेनको क्वार्टरफाइनलमा भेट इङ्ग्ल्यान्ड र कोलम्बियाबीच आजै पौने ११ बजे हुने खेलको विजेतासित हुनेछ । यही ब्राकेटमा रसिया र क्रोएसियाबीच क्वार्टरफाइनल हुने टुङ्गो लागिसकेको छ ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार  ९ : ४३ बजे