३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

डा. गाेपालरमण शर्मालाई लायन्स क्लब चाबहिल सिटीको सम्मान


१८ भाद्र २०७५, सोमबार  

0
Shares

काठमाडौं : लायन्स तथा लियाे क्लब अफ चाबहिल सिटीकाे शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा विशेष याेगदान पुर्‍याए बापत वरिष्ठ चिकित्सक डा. गाेपालरमण शर्मालाई सम्मान गरियो।

क्लबलाई अक्षयकाेष स्थापनाका लागि सहयाेगी दाताहरु र दीर्घायु गुरु अस्पताल, चाबहिललाई सम्मान गरिएकाे हो । विभिन्न संस्था र समाजसेवीहरुबाट क्लबलाई रु. २१,१८,०००।- अार्थिक सहयाेग प्राप्त भएकाे क्लवका काेषाध्यक्ष रमेश रेग्मीले जानकारी दिए ।

नयाँ क्लवमा ७८ जना लायन सदस्यहरुलाई शपथ ग्रहण तथा पदस्थापन गराईएकाे क्लबका सचिव प्रद्युम्न पाेखरेलले बताए । क्लवका अध्यक्ष लायन अजय खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीहरु लायन वालकृष्ण बुर्लाकाेटी, लायन डि. अार. खनाल, लायन शुदर्सनधर प्रधानाङ्ग, लायन्स क्लब कैलाशका अध्यक्ष अंकिता खनाल, लायन महाविर रिसाल र लायन प्रद्युम्न जाेशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ९ : १२ बजे