१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

कोरोना महामारिको वीच राजधानीमा रक्तदान


Ang

१४ बैशाख २०७८, मंगलबार  

0
Shares

लाइन्स कल्ब अफ सेब हिमालयन, बाल अपांग टेवा र नेपाल रेडक्रस कपनको संयुक्त सहकार्यमा हालै रक्तदान कार्यक्रमको आयोजना गरियो । रक्तदान राजधानीको कपन स्थित बाल अपाङग टेवामा भएको थियो । पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगत खोजी रहेका विरामीहरुलाई केही हद सम्म सहयोग पुगोस् भन्ने हेतुले रगत दान कार्यक्रम आयोजना गरेका लाइन्स क्लव अफ सेभ हिमालयनका महासचिव पेम्बा शेर्पाले जानकारी दिएको छ ।

रगत नपाएर कुनैपनि बिरामीले अकालमै ज्यान गुमान नपरुन भन्ने उद्धेस्यले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । कार्यक्रममा करिब ५५ जना भन्दा बढीले रगत दान गरेको बाल अपंग टेवाका संचालक देण्डी शेर्पाले जानकारी दिएको छ ।
नेपालमा बिरामीहरु धेरैको संख्यामा रगतकै कमीले गर्दा ज्यान गुमाउन परेको र यसलाई कम गराउन समयसमयमा यस्ता रक्तदान कार्यक्रमले विशेष सहयोग पुग्ने उनीहरुले बताए । लाइन्स कल्ब अफ सेब हिमालयनले समय समयमा रगत दान कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ भने बाल अपंग टेवाले विभिन्न शरिरिक रुपमा अस्वस्थ बालबालिकालाई शिक्षा र उपचारको लागि सहयोग गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ०९ बजे