ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगले फोहर व्यावस्थापन सम्बन्धी विभिन्न मन्त्रालयका प्रतिनिधिहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ।
आईतवार ललितपुर महानगरपालिका पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको सभाकक्षमा आयोगले बढ्दो जनसंख्या साथै फोहोरमैलाको अब्यवस्थित शहरले भोग्दै आएको बेथिति बारे एक कार्यक्रमको आयोजना गरेको थियो।
आयोगका अध्यक्ष केदारनाथ उपाध्याय, संघीय मामिला तथा सामान्या प्रशासन मन्त्रालयका सहसचिव पुरुशोतम नेपाल, नेपाल बार एसोसिएसन वातावरण शाखाका संयोजक पदम बहादुर श्रेष्ठ, भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल प्रहरीका डिआईजी मनोज नेउपाने, ट्राफिक प्रहरीका एसएसपी बसन्त पन्त लगायतको कार्यक्रममा सहभागिता रहको थियो।
आयोगले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा सरसफाई तथा स्वच्छ वातावरणको समस्याका कारण सर्वसाधारणको स्वास्थ्यमा पर्न गएको असरप्रति मध्यनजर गर्दै उक्त भेलामा आमन्त्रन गरेको जानकारी गराएको थियो।
काठमाडौं महानगरपालिकाकि उपमेयर श्रेष्ठले राजधानीको नै अवस्था फोहोरको कारण दयनिय रहको टिप्पनी गर्दै उनले फोहोर मैलालाई चाडोभन्दा चाडो नियन्त्रण गर्ण दिन रात लागि परेको समेत बताईन्।
नेपाल सरकारको सहसचिवले उक्त कार्यक्रममा फोहोर नियन्त्रणको अभियान चलिसकेको प्रष्टपार्दै उनले भने राजधानीको प्रत्यक घरहरुमा नि:शुल्क विरुवाको वितरण गरि, चाडै हरियाली राजधानी घोषणा गर्ने सरकारको योजना रहेको बताए।
ट्राफिक प्रहरी एसएसपी पन्तले प्लास्टिक बाहेकका फोहोरहरु बाहेक अन्यफोहोर व्यावस्थापनको लागि फोहोर बाट मल बन्ने मेसिन सरकारलाई भित्राउन सुझाव व्यक्त गर्दै उनले थपे, यो समस्या सरकारको हल बाटो हेरेर समय बर्बाद गर्नु भन्दा स्थानीय नगरपालिकाहरुको तर्फ बाटै कार्यक्रमको थालनी गर्नु पर्ने समेत बताए।
ललितपुर महानगरपालिकाकि उपमेयर सत्यालले आफु पदमा रहेर पनि भनेको जस्तो काम गर्न नपाउदा आफैलाई लाजमर्दो अनुभुति भएको बताउदै उनले भनिन गाडिमा हिड्दा २ मिनेट को बोटो पनि फोहोर ले गर्दा १० मिनेटको बाटो घुमेर जानु परिराखेको पिडा व्यक्त गरिन।
निर्वाचित भए लगातै नै आफ्नै नेतृत्वोमा ललितपुरको फोहोरमैला बाहिर नपठाउने गरि ललितपुरमै व्यवस्थापन गर्ने कमिटि समेत गठन भएको थियो।
उनले भनिन ‘कमिटि बनाई, जग्गा पनि मिलिसकेको थियो तर एयरपोर्ट लाई असर पर्ने भनि ललितपुरको कुनै पनि ठाउमा फोहोरको व्यवस्था गर्न नपाइने प्राधिकरण बाटै आफुहरुलाई रोक लागाइएको आरोप समेत लगाइन।