७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

ओखलढुंगा कला साहित्य समाजमा शेर्पा


Ang

३१ भाद्र २०७५, आइतबार  

0
Shares


ओखलढुंगा जिल्लाबाट कलाकारिता र साहित्य क्षेत्रमा लागेका व्यक्तिहरुको छाता संस्थाको रुपमा स्थापित ओखलढुंगा कला-साहित्य समाजको प्रथम साधारणसभाले गायक गम्बु शेर्पाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । गायन, संगीत र सामाजिक सेवाको क्षेत्रमा क्रियासिल गम्बु शेर्पा र क्रियासिल पत्रकार लिला श्रेष्ठको अगुवाइमा यस अघि संस्थाको परिकल्पना भएको थियो ।
नवगठित समाजको बरिस्ठ उपाध्यक्षमा राज राई, उपाध्याक्षमा ल्हमु शेर्पा, महासचिव लिला श्रेष्ठ, सचिवमा सृजन रोकेमी राई, कोषाध्यक्षमा जिबन बोम्जन, सह-कोषाध्याक्षमा मिना नेओआल दाहाल रहेका छन् भने सदस्यहरुमा सुमन कार्की, भिम सुनुवार, गोपाल सेन्चुरी, कृष्ण कट्टेल, गन्धर्व राज पौडेल, अर्जुन श्रेष्ठ, जितेन्द्र बानिया, मोहन घिमिरे, प्रकाश शाक्य, नारायण राई, रामनाथ घिमिरे, प्रलाप राई लगायत छन् ।
कला र कलाकारको सम्मानसहित, ओखलढुंगका र जिल्लाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश-विदेशमा छरिएर रहेका ओखलढुंगाका सम्पूर्ण कलाकार-साहित्यकारलाई एकजुट बनाउने एक आधिकारिक संस्थाको परिकल्पना सहित संस्था स्थापना गरिएको अध्यक्ष शेर्पाले एभरेष्टटाइम्सलाई बताए ।
प्रथम अधिवेशनले नयाा नेतृत्व चयनसाथै राष्ट्रियगानका रचयिता ब्याकुल माइला संरक्षक, वरिष्ठ गायक नविन ढुंगेलको संयोजकत्वोमा सल्लाहकार समिति गठन गरिएको छ । ‘गायक-संगीतकार शक्तिकुमार श्रेष्ठ, गायक-संगीतकार महाप्रसाद खनाल, लोकगायक माधव दाहाल, पत्रकार बिनोद दाहाल, बल बहादुर परियार, साहित्यकर्मी चेतनाथ धमला, कलासाधकहरुको सल्लाहवमोजिम संस्थाको स्थापना भएको पत्रकार श्रेष्ठले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  ७ : ५२ बजे