४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ 


Ang

३१ भाद्र २०७५, आइतबार  

0
Shares

तामाङ समाज अमेरिकाको प्रथम अधिबेसनले सानु माया तामाङको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । बरिष्ठ उपाध्याक्षमा ब्रजेश मोक्तान, उपाध्याक्षमा सुमित्र योन्जन , महासचिवमा बुद्धिमान तामाङ र सचिवमा बिनिता तामाङ चयन गरेका छन । त्यस्तै कोषाध्याक्षमा पुरु लामा, सहकोषाध्याक्षमा साजोन थोकर चयन गरेका छन । बोर्ड अफ डाइरेक्टरहरुमा युनिशा च्यासाङ, रेणु वाइवा तामाङ, विष्णुमाया मोक्तान, विष्णु तामाङ, दिलमाया तामाङ, अरुणा रुम्बा तामाङ, दिपेन्सा लामा, रोज बहादुर घिसिङ, तुल बहादुर तामाङ चयन गरेका छन ।

न्युयोर्कमा सम्पन्न अधिबेसनको उदघाटन एनआरएन अमेरिकाको महासचिव विआर लामाले छयोमि बालेर गरेका थिए । कार्यक्रममा तामाङ सोसाइटीका पुर्व अध्यक्ष भरत लामा, तामाङ सोसाइटीको पुर्व अध्यक्ष शान्त थोकर, आदीवासी जनजाती महासंघ अमेरिका -फिफना) का निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, जन सम्पर्क समितिका सचिव भोजराज थोकर, नेपाल अमेरिका पत्रकार संघका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, रिज्युउड नेपाली समाजका अध्यक्ष रवि कोइराला नेपाली कांग्रेस महासमितिका सदस्य बेद खरेल, जन सम्पर्क समिति अन्तराष्ट्रिय सन्जालका अध्यक्ष विष्णु सुवेदी, धादिङ समाजका अध्यक्ष राजन गौलि, नेविसंघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा, लगायतले शुभकामना मन्तव्य दिएका थिए । तामाङ समाजले आगामी दिनमा डाइस्पोरामा रहेका सबै नेपाली समुदायको हितसंगै विश्वभरिको संघसस्थाहरुसग हातेमालो गरि अघि बडने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  १० : १८ बजे