२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

गायक सन्तोष लामा वाईबाको ‘माथि माथि लेकमा’ गीतको भिडियो सार्वजानिक


१६ मंसिर २०७५, आइतबार  

0
Shares

लगातार दुईदिन सुटिङ भएको गायक सन्तोष लामा वाईबाको ‘माथि माथि लेकमा’ बोलको नयाँ गीत सार्वजानिक भएको छ।

दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा गितको छायांकन भएको हो। बुद्ध लामा तितुङको निर्देशनमा बनेको भिडियोलाई रामेश्वर जिरेरले खिचेका छन्, भने शब्द संगित अमर लामा बम्जनको रहेको छ।

भिडियोमा कलाकारहरु रबिता मगर, ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय रहेको छ। श्रृंङगार यामर सिं ब्लोनले गरेका हुन।

कडा मेहेनतका साथ बनाईएको भिडियो राम्रै भयको समिक्षकहरुको भनाई छ। सबै स्रोता दर्शकले मनपराउने आशा पनि निर्माण पक्षको रहेको छ।

यस भिडियोलाई क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरियको छ।  दर्जन भन्दा बढि गित गाईसकेका गायक सन्तोषको यो भन्दा अगाडि नै ‘बाध्यता’ नामक एल्बम बजारमा आईसकेको छ।

भिडियो पनि हेर्नुस।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ५ : ३७ बजे