नुवाकोट । लायन्स क्लब चाबहिल सिटी, दीर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स क्लब अफ काठमाडौं कैलाशको संयुक्त आयोजनामा नुवाकाेटकाे लिखु गाउँपालिका, लिखु-५, वेष्ट्रन इटर्नल स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । उक्त शिविरमा ४८७ जना बिरामीकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएकाे कार्यक्रमका संयाेजक लायन सुवर्ण डंगोलले बताए ।
शिविरमा क्लब र दीर्घायु अस्पतालले लिखु गाउँ पालिकालाई स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराईएकाे थियाे ।
कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रेजिना राईले लिखु गाउँपालिकामा आएर स्वास्थ्य सेवा गरेको टोलीलाई धन्यबाद व्यक्त गरिन् । उक्त शिविरमा परिक्षण गरेका सम्पूर्ण विरामीहरुलाई आगामी दिनहरुमा दीर्घायु अस्पताल चाबहिलमा उपचारमा २०% प्रतिशत छुट उपलब्ध गराउने अस्पतालका कार्यकारी निर्देशक सुरज श्रेष्ठले बताए ।
उक्त शिविरमा दीर्घायु गुरु हस्पिटलकाे प्राविधिक सहयाेग, डा. विकास नेपाल, डा. निमेश पाैडेल, डा. कविता अधिकारी, डा समिर अर्याल, डा श्रीकृष्ण देबकोटा, डा सुजन पोखरेल, डा सन्तोष जोशीकाे विशेष सहयाेगमा सम्पन्न भएकाे शिविरमा सहभागी सम्पूर्णमा क्लबका अध्यक्ष लायन अजय खनालले धन्यबाद दिदैं आगामी दिनमा अन्य क्षेत्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए ।