काठमाडौं। वाइडबडी दुई जहाज खरीद प्रकरणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालो मोसो दलिएको छ ।
शुक्रबार राजधानीको सुन्धारास्थित निगमको कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले सुगतरत्न कंसाकारलाई मोसो दलेका हुन् ।
नेपाल वायुसेवा निगमले वाइडबडी दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर कालो मोसो दलका हुन् ।