३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

भोजपुर–काठमाडौं सातै दिन उडान हुने  


२० पुस २०७५, शुक्रबार  

0
Shares

भोजपुर। भोजपुर–काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए।

यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो। नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ ।

आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ६ : १३ बजे