२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

मिलन अमात्यको चौथो एल्बम गृहमन्त्री थापाले गरे विमोचन


११ माघ २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । गायिका मिलन अमात्यको चौथो एल्बम ‘मिलन यात्रा’ बिमोचन भएको छ ।

शुक्रवार राजधानीको सुन्धारास्थित सिटीसी मलको सिडिसी सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरि मिलन यात्राको विमोचन भएको हो ।

‘मिलन यात्रा’लाई गृहमन्त्री राम बहादुर थापा(बादल), प्रदेश नं १ का योजना आयोगका सदस्य पूर्ण लोप्चन, गायक दीप श्रेठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका अमात्यको बुवा गणेश श्रेष्ठ नेवार साथै आमा अम्बिका श्रेष्ठ नेवार र गायिका मिलन अमात्य(नेवार)ले उक्त एल्बमको घुम्टो उघारेका थिए ।

अमात्यको एल्बममा राष्ट्रभक्ति, नारी प्रदान एवं सामाजिक संदेशमुलक विभिन्न विधामा सात गीतहरु समावेश भएको छ । मिलन यात्राको सम्पूर्ण शब्द योगेन्द्रमणि दाहलले लेखेका छन् भने संगीत राजु सिंहले भरेका छन् ।

कार्यक्रममा गायिका अमात्यले उक्त एल्बमको ‘नेपाल नरहे नेपाली’ बोलको राष्ट्रिय गीत गाएकि थिइन् । साथै आजकै दिनमा “मिलन च्यारेटी फाउन्डेसन” नामक सामाजिक संस्था खोली सामाजिक अभियानमा सकृय हुने भएकी छिन् । उनले आगमी थप सांगीतिक यात्रा एवं सामाजिक अभियानको यात्रा ‘मिलन नेवार’ नाम बाट अगाडि बढाउने कुरा पनि जानकारी गराइन ।

गृहमन्त्री थापाले ‘मिलन च्यारेटी फाउन्डेसन’को यात्रा सुरु गरेकोमा शुभकामना व्याक्त गर्दै भने, ‘यो अभियान पनि समृद्ध राष्ट्र निर्माणको एक पाटो हो । यस्तो अनुकरणीय कामको थालनी गरेकोमा धन्यवाद ।’

थापाले उक्त एल्बमको गीत नेपालको सासंकृतिक एवं सामाजिक चेतनाको भाव बकेको उल्लेख गर्दै भने, ‘यो गीतले राष्ट्र हितको निम्ति आवाज एठाएको मैले अनुभव गरे । यो राष्ट्रिय गीत हो । यो गीतको माध्यमबाट समृद्ध राष्ट्र बनाउन महत्वपूर्ण योगदान पुग्नेछ ।’

देशलाई आर्थिक उन्नतिमा मात्र हैन सांस्कृतिक रुपमा पनि विकासित बनाउनु पर्छ । उनले थपे, ‘यो गीतले राष्ट्रिय एवं सांस्कृतिक हितको निम्ति पनि आवाज उठाएको छ । यो राष्ट्रलाई नयाँ उपहार हो ।’

प्रदेश नं १ का योजना आयोगका सदस्य लोप्चनले गीत संगीतले समाज परिवर्न गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भने, ‘गीत सुनिरहदा मलाई लाग्यो यो गीतले पनि अवस्य विकासको निम्ति केहि थप आवाज उठाउन मद्दत पुर्याउने छ ।’

गीतकार थापाले मिलन नेवार अरु गायिका भन्दा फरक अनि मिहिनेति गायिका भएकी उल्लेख गर्दै भने, ‘मैले उनलाई जब चिने त्यस बेला देखि नै उनि लगनशिल एवं अत्यान्तै मिहिनेत गर्ने एक गायिकाको रुपमा नियालेको छु ।’

उनि स्टुडियोमा प्राक्टिस गर्दिनन्, उनि घरै बाट पूर्णरुपमा तयारी भएर आउछिन् गीत रेकर्ड गर्न । उनले थपे, ‘यो उनको एउटा अत्यान्तै राम्रो बानी हो । उनलाई अरु गायिकाले उछिन्न मुस्किल नै पर्छ ।’

गायक दीप श्रेठले मिलन अत्यान्तै मिलनसार पनि भएको प्रशंसा गर्दै भने, ‘लगनशिलता, सहनशिलता एवं मिलनसार छिन उनि । मिलनको प्राय मलाई प्रत्येक गीत राम्रो नै लाग्छ साथै यो एल्बमको लागि पनि धेरै शुभकामना ।’

अहिले स्रोताहरुको चाहेको आवाज नै मिलन नेवार(अमात्य)को हो भन्दै संगीतकार शक्ति बल्लभ भने, ‘मिलन एक सवै प्रकारका गीत गाउन सक्ने खुबि भएको गायिका हो । उनको स्वरको पर्खाइमा रहको कयौं स्रोता मैले भटेको छु ।

‘मिलन यात्रा’ एल्बममा ‘बिहानीपख बाँसुरी’, ‘खुसी दिन सकिन भने’, ‘लगाई दियो दाग तिमीले’, ‘नेपाल नरहे नेपाली’, ‘जसलाई मैले चाहेको छु’, ‘हिजोका मेरा अधिकार’, ‘तिमीसँग दौडिन खोजे’ बोलको सातवटा गीत समावेश छन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  १० : २७ बजे