४ असार २०८२, बुधबार | Thu Jun 19 2025

अमेरिकामा बन्दुक हिंसाविरुद्ध चेतनामुलक नेपाली गीतको भिडियो सार्वजनिक


१४ बैशाख २०७६, शनिबार  

0
Shares

लस एन्जल्स । हाल अमेरिकामा ठुलो समस्याको रूपमा रहेको बन्दुक हिंसाविरुद्ध जनचेतना दिने गीतको भिडियो सार्वजनिक गरिएको छ ।
क्यालिफोर्निया राज्यको लसएन्जल्स शहरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजना गरेको एनआरएनए डिबेट कार्यक्रमसँगै अमेरिकामा भइरहेको बन्दुक हिंसाका घटनाहरूबारे आधारित उक्त भिडियो एसराज प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अत्यन्तै महत्वपूर्ण भाव रहेको गीतमा बन्दुक हिंसाविरुद्ध चेतना फैलाउने भिडियोको अवधारणा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी डोल्मा लामाले ल्याएकी हुन् । हाल उनी एरिजोनाको अमेरिकन युनिभर्सिटी अफ सोभेरिगन न्यासन विश्वविद्यालयबाट विद्यावारिधी गर्दैछिन् ।

एसराज प्राडक्नका एसराज (शंकर राज वाग्ले)को निर्देशन तथा छायाँकन रहेको भिडियोमा मुख्य कलाकारहरु लस एन्जल्स निवासी सुरज श्रेष्ठ र न्युयोर्क फिल्म एकेडेमीमा अध्ययनरत ब्राजिलिएन मूलकी कलाकार रेब्बिका मोमो रहेका छन् । भिडियोमा सहायक कलाकारहरु कुसुम थापा, इन्दिरा त्रिपाठी, डोल्मा, चक्रपाणि मिश्र, चूडामणि गौतमलगायतको पनि अभिनय रहेको छ ।

भिडियोका निर्देशक वाग्लेले यसअघि चर्चित नेपाली धारावाहिक ‘मेरी बास्सै’मा राइफलेका भूमिकामा अभिनय गरी चर्चा कमाएका थिए । नेपालमा पनि हत्या हिंसाविरुद्ध चेतनामुलक भिडियोहरू बनाउँदै अभिनय गर्ने वाग्ले हाल अमेरिकामासमेत विभिन्न हिंसा, हत्या र सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरू निर्माण गरिरहेका छन् ।

भिडियोका सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । लस एन्जल्स निवासी युवा व्यवसायी तथा सामाजिक अभियन्ता दिनेश शाहको संयोजन रहेको ‘यो जीवनको के भर छ र’ बोल रहेको गीतलाई चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगीत वरिष्ठ संगीतकार हरि लम्सालले र रचना गीतकार अनमोलमणिले गरेका हुन् ।

भिडियोमा हामी कोही कसैको जीवनको केही भर छैन, कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ, हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजिएको छ र यस्ता खाले घटनालाई अमेरिकामा जल्दो बल्दो विषयमा लिइन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १० : ०६ बजे