४ असार २०८२, बुधबार | Thu Jun 19 2025

एनआरएनए अमेरिकाको निर्वाचन रोक्न संयोजक जोशिले आग्रह गरियो ।


Ang

१ जेष्ठ २०७६, बुधबार  

0
Shares

एनआरएनए अमेरिकाको निर्वाचन हुन ४ दिन मात्र बाकी हुदा एनआरएनए आइसिसिका क्षेत्रिय संयोजक गौरि जोशिले निर्वाचन कमिटिलाई निर्वाचन रोक्न अनुरोध गरेको छ । संयोजक जोशिले सोमबार एक बक्तब्य मार्फत निर्वाचन कमिटि र कार्यसमितिलाई निर्वाचन रोक्न अनुरोध गरेको जनाएको छ । ‘ आइसिसिको तर्फबाट मैले निर्वाचन कमिटि र बोर्डलाई निर्वाचन रोक्न आग्रह गरेको छु’ संयोजक जोशिले एभरेष्टटाइम्सलाई भने-‘ उम्मेद्धवरहरुबाट आएको उजुरीको आधारमा मैले निर्वाचन रोक्न आग्रह गरेको हो ‘ । उनले आफुले भने अनुसार निर्वाचन कमिटिले निर्वाचन नरोकेमा आइसिसिको मान्यता नदिने धम्की दिएको छ । संयोजक जोशिको बक्तब्य लगतै निर्वाचन कमिटिले निर्वाचन तोकिएकै समयमा गर्ने जानकारी दिएको छ ।

‘ निर्वाचनको लागी सम्पुर्ण तयारी पुरा भइसकेकोले तोकिएकै समयमा निर्वाचन पक्का हुन्छ ‘ निर्वाचन कमिटिको प्रमुख विश्वनाथ बरालले भने-‘ चुनावको अघिल्लो दिन आएर चुनाव रोक्नु खोज्नु भनेको उहाको नियतमािथ शंका गर्ने ठाउ प्रस्स्तै देखियो  ‘ । उनले भने—’ यदि संयोजक जोशिलाई चित्ता नबुझेको भए सदस्यता वितरण गर्दा र भेरिफिकेसन भए लगतै कुरा उठाउनु सक्नु पथ्र्यो उहा किन अहिलेसम्म चुप लागेर बसेको हो ? ‘ निर्वाचन प्रमुख बरालले भने-‘ निर्वाचनको अघिल्लो दिन निर्वाचन रोक्न खोज्नु यो राम्रो नियत होइन’ ।

एनआरएनए अमेरिकाको निर्वाचन स्थागित गर्न अमेरिकी अदालतमा हालेको मुद्धा उपर अदालतले मुद्धा खारेज गरि निर्वाचन समितिलाई निर्वाचन गर्न सहज वातवारण भएको छ । उक्त मुद्धा यस अघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित रविना थापा समुहले हालेका थिए । निर्वाचन कमिटिले महिनौ अघि एनआरएनए  अमेरिकाको निर्वाचन मे महिनाको १८ र १९ घोषणा गरिसकेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ४ : १९ बजे