२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

विश्व शान्तिको लागी न्युयोर्कमा चार दिन वज्रगुरु हुने ।


Ang

१५ जेष्ठ २०७६, बुधबार  

0
Shares


शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलो पटक न्युयोर्कमा वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको छ । किदुगको आफनै गुम्बामा चार दिन हुन लागेको उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथिको रुपमा भुटानबाट धर्म गुरु नाम्खी ङिङपो रिन्पोछे उपस्थित हुने भएको छ । गुरु पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाचौं महिना) दशमीको अवसर पारेर आगामी जुलाई महिनाको ११ तारिखदेखि १४ तारिखसम्म बज्रगुरु हुने भएको छ ।
कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जप गर्ने भएको शेर्पा किदुगको अध्यक्ष्ँ उर्गेन शेर्पाद्धारा जारी विज्ञाप्तीमा जनाएको छ ।

उक्त कार्यक्रमको लागी एक समारोह समिति गठन गरिएको छ । कार्यक्रममा हिमालयन बुद्धिस्ट कम्युनिटीसंग आवद्ध लामा गुरुज्युहरुको समेत उपस्थिति हुने भएको छ । अमेरिकामा पहिलो पटक हुन गइरहेको यस पुण्य कार्यको लागि आर्थिक, भौतिक या अन्य सहयोग गरी पुण्य आर्जन गर्न चाहने शान्तिप्रेमी महानुभावहरु, ब्यापारी, संघसंस्था र उपासक उपासिका सबैको सहयोगको लागि शेर्पा किदुग अमेरिकाले विज्ञाप्ती मार्फत अनुरोध गरेको छ ।

बज्रगुरु कार्यक्रम सफल बनाउनका लागी ७ सदस्यीय आयोजक कमिटि गठन गरेको जनाएको छ । समितिमा पासाङ् दिकी शेर्पा, ङवाङ थम्जेन शेर्पा, दावा जाङ्बु शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा, छिरिङ् टाशी शेर्पा, याङ्डी शेर्पा र ग्याल्जेन शेर्पा रहेका छन । किदुगको अध्यक्ष उर्गेन शेर्पाद्धारा जारी विज्ञाप्तीका अनुसार यो विशेष तिथिमा आयोजना हुन लागेको बज्रगुरु कार्यक्रममा वज्रगुरुको मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ । रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम हुनेछन् ।

 

 

शेर्पा किदुगद्धारा जारी विज्ञाप्ती यस प्रकार छ ।

ॐ आ: हुँ वज्रगुरु पद्म सिद्धि हुँ । ॐ आ: हुँ वज्रगुरु पद्म सिद्धि हुँ । ॐ आ: हुँ वज्रगुरु पद्म सिद्धि हुँ ।

प्रेस बिज्ञप्ति ।

बिषय : विश्व शान्तिको चार दिने वज्रगुरु मन्त्र जप ।

शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलोपल्ट चार दिन वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको सहर्ष जानकारी गराउँदछौं । 
दोस्रो बुद्ध भगवान पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाँचौं महिना) दशमीको पावन अवसरमा उक्त समारोह आयोजना गर्न लागिएको हो । उक्त एैतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे ज्यू सवारी हुने भएको छ।

वज्रगुरु मन्त्र गुरु पद्म संभवको हृदय मन्त्र हो । 
नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया आदि हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो भएको थियो । भगवान बुद्धले परिनिर्वाण सुत्रमा भन्नु भएको छ “निकट भविष्यमा म ध्यानकोष नामक तालको बीचमा कमलको फूलबाट निर्माण कार्यको रुपमा पुनर्जन्म लिने छु, उक्त निर्माणकार्य म भन्दा धेरै शक्तिशाली हुनेछ । त्यति बेला म गुह्य मन्त्रको धर्म देशना गर्ने छु ।” सोही भविष्यवाणी अनुसार आठौँ शताब्दीताका वर्तमान अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उड्डियानको धानकोष तालको बीचमा चमत्कारिक कमलको फूलबाट गुरु पद्मसंभवको जन्म भयो । 
पछि वहाँले वज्रयान तन्त्रको धर्म देशना गर्नुभयो जुन आज संसारभर फैलिएको छ । उनै गुरु पद्मसंभवलाई आव्हान गरी जपिने वज्रगुरु मन्त्रको महिमा अपरम्पार छ । 
वज्र गुरुको जप ध्यान गर्दा हुने फाईदाहरु ग्रन्थमा यस प्रकारले उल्लेख गरिएको छः स्वच्छ बोधिचित्त उत्पन्न गरी यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ । रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम हुनेछन् ।

आगामी जुलाई ११ देखि १४ तारीख सम्म शेर्पा किदुगमा आयोजना हुने कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जप गर्नेछन् । उक्त पावन कार्यक्रम सुसम्पन्न गराउन एक समारोह समिति गठन गरिएको छ । उक्त समितिमा आवद्ध भई सेवा गर्न ईच्छुक सदस्य ज्युहरुले शेर्पा किदुगमा संपर्क गर्न बिनम्र अनुरोध गर्दछौं । हिमालयन बुद्धिस्ट कम्युनिटीसँग आवद्ध सम्पूर्ण लामा गुरुज्युहरुलाई सादर निमंत्रणा छ । अमेरिकामा पहिलो पटक हुन गैरहेको यस पुण्य कार्यको लागि आर्थिक, भौतिक या अन्य सहयोग गरी पुण्य आर्जन गर्न चाहने शान्तिप्रेमी महानुभावहरु, ब्यापारी, संघसंस्था र उपासक उपासिका सबैको सहयोगको लागि शेर्पा किदुग अमेरिका हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रम संबन्धी थप जानकारीहरु शेर्पा किदुगको पेजमा प्रकाशित हुँदै जाने छ ।

कुनै जिज्ञासा भएमा निम्न फोन नंबरहरुमा समेत संपर्क गर्न सक्नु हुने छ ।

१ पासाङ् दिकी शेर्पा – (929) 245-3782 
२ ङवाङ थम्जेन शेर्पा -(929) 328-5452
३ दावा जाङ्बु शेर्पा – (646) 829-6148
४ ल्हाक्पा तेन्जी शेर्पा – (347) 515-3064
५ छिरिङ् टाशी शेर्पा – (917) 225-0851
६. याङ्डी शेर्पा – 917 459 3456 
७. ग्याल्जेन शेर्पा – 1 (646) 462-5884

थुचिछे र धन्यवाद ।

उर्गेन शेर्पा 
अध्यक्ष 

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ६ : ०७ बजे