न्युयोर्क स्टेटको यातयात विभागमा नेपाली महिला बिधार्थी कान्डु शेर्पा सिभिल इन्जिनियरको रुपमा कार्य गर्न थालेकी छिन् । न्युयोर्कमा सिभिल इन्जिनियरको रुपमा कार्यरत थोरै नेपाली पुरुषहरुसंगै महिला सिभिल इन्जिनियरको रुपमा काम गर्ने कान्डु संभवत नेपाली समुदायका पहिलो महिला हुन सक्छ । २५ वर्षकी कान्डुु इन्जिनियरिङ अध्ययनसंगै युटिका र वेष्टचेष्टरमा विजुली, पुल र बाटोको प्रोजेक्टमा इन्सपेक्टर भएर इन्टनसीप गदै आइरहेकी थिइन् । न्युयोर्क सिटिको यातयात विभागमा ३ बर्ष तलबमा इन्टनसीप गरिसकेकी कान्डु अहिले सिटिको सिभिल इन्जिनियर भएर लङ आइल्याण्डमा काम गदै आइरहेकी छिन ।
विशेष गरि पुरुषको बाहुल्यात रहेको सिभिल इन्जिनियरिङ पेशामा कान्डु सडक विभागको फिल्ड प्रोजेक्टमा गएर लागत अनुमान गर्ने, कार्ययोजना बनाउने र ठेक्कादारको कार्य अनुगमन गरेर इन्चार्ज इन्जिनियरलाई रिर्पोट बुझाउने कार्य गदै आइरहेकी छिन । उनी नेपालमा ७ कक्षाको अध्ययन सकेर अमेरिका आएका थिए । यहा आएको वितिकै वेष्टचेष्टरस्थित बेडफोर्डस्थित फक्सलेन हाइस्कुल सकेर युटिकास्थित सुनि पोलिटेक्निक युनिभर्सिटिबाट इन्जिनियरिङमा ब्याचरलर डिगि्र पुरा गरेकी थिए ।
‘ गणितप्रतिको मेरो लगाव र रुचिकै कारण इन्जिनियर बन्न सफल भयौ ‘ कान्डुले भने-‘ हाइस्कुल अध्ययन गर्दा मैले गणितमा गरेकी राम्रो प्रस्तुती अनुसार हाइस्कुलको सिनियर एडभाइजरको विशेष सल्लाह अनुरुप इन्जिनियर बन्ने मौका मिल्यो’ । सानोमा पुलिस वा अर्मी अफिसर हुन्छु भन्ने चाहना हाइस्कुलको अध्ययनले परिवर्तन भएपनि खुसी महसुस भइरहेको उनी बताउछीन । कान्डु सोलुखुम्बु खोरिया निवासी छिरिङ शेर्पा गोर्जा खम्बाचे र आङ पेमा शेर्पाको एक्लो छोरि हुन ।
सिभिल इन्जिनियर कान्डु आफनो बुबा आमा र भाईको साथमा
‘ आफुले गरेको मेहनेत अनुसार सिभिल इन्जिनियर भयो अब सिनियर इन्जियिनर हुनका लागी लागीरहेका छौ ‘ कान्डुले भने-‘ अब काममा व्यस्त भएपनि इन्जिनियरिङ बिषयमा मास्र्टड डिगि्र र पिएचडि गर्ने लक्ष्य लिएकी छु’ । उनी नेपालबाट आएको १० बर्षपछि गत वर्ष नेपाल गएकी थिइन । जन्मभुुमी नेपाल पुगेर राम्रो अनुभव बटुलेर ल्याएकी छिन । ‘ एक दशकपछि जन्मभुभी गएर र्फकन्दा निकै रमाइलो लाग्यो । नेपाल धेरै परिवर्तन भइसकेको रहेछ । अब भविष्यमा मैले यहा दुख गरेर आर्जन गरेको ज्ञान र सीप मातृभुमीको लागी सहयोग गर्ने योजना बनाएकी छु ‘ ।
कान्डुको सफलताप्रति उनको अभिभावक निकै खुसी देखिन्छन । ‘ हामी अभिभावकको इच्छा भनेको छोराछोरिले पढीदिओस भन्ने थियो हामीले केही नभनीकना छोरि इन्जिनियर पढेर काम गरेर देखाउदा हामीलाई निकै खुसी तुल्याएको छ ‘ कान्डुको बुबा छिरिङ गोर्जाले भने-‘ सिभिल इन्जिनियर भनेको वितिकै पुरुषले मात्र गर्ने पेशामा छोरिले पनि सिभिल इन्जिनियर भएर काम गरेर प्रमाणीत गरिदिएकोमा हामी निकै गौरन्वीत भएका छौ । अझै उच्च अध्ययन गर्ने उनको इच्छालाई हामी सहयोग र शुभकामना दिन चाहान्छु ‘ ।
छोरिको सफलतासंगै छोराको अध्ययन पनि उपलब्धिमलुक भएको उनी बताउछन । उनका छोरा मिङमा दोर्जि शेर्पा सन २०१३ मा युएस मअरिनको एभिएसन मेकानिक्सको रुपमा अध्ययन गर्ने पहिलो शेर्पा थिए । पाच बर्षको युएस मअरिनको कन्टयाक्ट सकेर पेस युनिभर्सिटिमा कम्प्युटर साइन्समा उच्च अध्ययन गरिरहेका छन । ‘ हाम्रो इच्छा भनेकै छोराछोरिले पढीदिओस अरु केही नगरोस भन्ने थियो अब त्यो चिन्ताबाट मुक्ता भएको छ ‘ ।