५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सोलुखुम्बुकी कान्डु न्युयोर्क स्टेटको सिभिल इन्जिनियर


Ang

२५ जेष्ठ २०७६, शनिबार  

12
Shares


न्युयोर्क स्टेटको यातयात विभागमा नेपाली महिला बिधार्थी कान्डु शेर्पा सिभिल इन्जिनियरको रुपमा कार्य गर्न थालेकी छिन् । न्युयोर्कमा सिभिल इन्जिनियरको रुपमा कार्यरत थोरै नेपाली पुरुषहरुसंगै महिला सिभिल इन्जिनियरको रुपमा काम गर्ने कान्डु संभवत नेपाली समुदायका पहिलो महिला हुन सक्छ । २५ वर्षकी कान्डुु इन्जिनियरिङ  अध्ययनसंगै युटिका र वेष्टचेष्टरमा विजुली, पुल र बाटोको प्रोजेक्टमा इन्सपेक्टर भएर इन्टनसीप गदै आइरहेकी थिइन्  । न्युयोर्क सिटिको यातयात विभागमा ३ बर्ष तलबमा इन्टनसीप गरिसकेकी कान्डु अहिले सिटिको सिभिल इन्जिनियर भएर लङ आइल्याण्डमा काम गदै आइरहेकी छिन ।
विशेष गरि पुरुषको बाहुल्यात रहेको सिभिल इन्जिनियरिङ पेशामा कान्डु सडक विभागको फिल्ड प्रोजेक्टमा गएर लागत अनुमान गर्ने, कार्ययोजना बनाउने र ठेक्कादारको कार्य अनुगमन गरेर इन्चार्ज इन्जिनियरलाई रिर्पोट बुझाउने कार्य गदै आइरहेकी छिन । उनी नेपालमा ७ कक्षाको अध्ययन सकेर अमेरिका आएका थिए । यहा आएको वितिकै वेष्टचेष्टरस्थित बेडफोर्डस्थित फक्सलेन हाइस्कुल सकेर युटिकास्थित सुनि पोलिटेक्निक युनिभर्सिटिबाट इन्जिनियरिङमा ब्याचरलर डिगि्र पुरा गरेकी थिए ।
‘ गणितप्रतिको मेरो लगाव र रुचिकै कारण इन्जिनियर बन्न सफल भयौ ‘ कान्डुले भने-‘ हाइस्कुल अध्ययन गर्दा मैले गणितमा गरेकी राम्रो प्रस्तुती अनुसार हाइस्कुलको सिनियर एडभाइजरको विशेष सल्लाह अनुरुप इन्जिनियर बन्ने मौका मिल्यो’ । सानोमा पुलिस वा अर्मी अफिसर हुन्छु भन्ने चाहना हाइस्कुलको अध्ययनले परिवर्तन भएपनि खुसी महसुस भइरहेको उनी बताउछीन । कान्डु सोलुखुम्बु खोरिया निवासी छिरिङ शेर्पा गोर्जा खम्बाचे र आङ पेमा शेर्पाको एक्लो छोरि हुन ।

सिभिल इन्जिनियर कान्डु आफनो बुबा आमा र भाईको साथमा

‘ आफुले गरेको मेहनेत अनुसार सिभिल इन्जिनियर भयो अब सिनियर इन्जियिनर हुनका लागी लागीरहेका छौ ‘ कान्डुले भने-‘ अब काममा व्यस्त भएपनि इन्जिनियरिङ बिषयमा मास्र्टड डिगि्र र पिएचडि गर्ने लक्ष्य लिएकी छु’ । उनी नेपालबाट आएको १० बर्षपछि गत वर्ष नेपाल गएकी थिइन । जन्मभुुमी नेपाल पुगेर राम्रो अनुभव बटुलेर ल्याएकी छिन । ‘ एक दशकपछि जन्मभुभी गएर र्फकन्दा निकै रमाइलो लाग्यो । नेपाल धेरै परिवर्तन भइसकेको रहेछ । अब भविष्यमा मैले यहा दुख गरेर आर्जन गरेको ज्ञान र सीप मातृभुमीको लागी सहयोग गर्ने योजना बनाएकी छु ‘ ।

कान्डुको सफलताप्रति उनको अभिभावक निकै खुसी देखिन्छन । ‘ हामी अभिभावकको इच्छा भनेको छोराछोरिले पढीदिओस भन्ने थियो हामीले केही नभनीकना छोरि इन्जिनियर पढेर काम गरेर देखाउदा हामीलाई निकै खुसी तुल्याएको छ ‘ कान्डुको बुबा छिरिङ गोर्जाले भने-‘ सिभिल इन्जिनियर भनेको वितिकै पुरुषले मात्र गर्ने पेशामा छोरिले पनि सिभिल इन्जिनियर भएर काम गरेर प्रमाणीत गरिदिएकोमा हामी निकै गौरन्वीत भएका छौ । अझै उच्च अध्ययन गर्ने उनको इच्छालाई हामी सहयोग र शुभकामना दिन चाहान्छु ‘ ।

छोरिको सफलतासंगै छोराको अध्ययन पनि उपलब्धिमलुक भएको उनी बताउछन । उनका छोरा मिङमा दोर्जि शेर्पा सन २०१३ मा युएस मअरिनको एभिएसन मेकानिक्सको रुपमा अध्ययन गर्ने पहिलो शेर्पा थिए । पाच बर्षको युएस मअरिनको कन्टयाक्ट सकेर पेस युनिभर्सिटिमा कम्प्युटर साइन्समा उच्च अध्ययन गरिरहेका छन । ‘ हाम्रो इच्छा भनेकै छोराछोरिले पढीदिओस अरु केही नगरोस भन्ने थियो अब त्यो चिन्ताबाट मुक्ता भएको छ ‘ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ३ : ५२ बजे