१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युयोर्कमा इहि सम्पन्न


Ang

११ असार २०७६, बुधबार  

0
Shares

नेवा गुठी न्युयोर्कले पाचौ पटक न्युयोर्कमा नेवारी समुदायको विशेष कार्यक्रम इहि सम्पन्न गरियो । इहि नेवारी समुदायको परम्परागत मौलिक सस्कृतिमा आधारित विशेष कार्यक्रम हो । उक्त कार्यक्रम ज्याक्सन हाइटस्थित शेर्पा किदुगको भवनमा गरिएको थियो ।
नेवारी समुदायमा कन्यालाई गरिने विशेष किसिमको पूजालाई इहि भन्ने गरिन्छ । इ को अर्थ समय र हि को अर्थ रगत हो । कन्याहरु रजस्वला हुनुभन्दा पहिलो यो पूजा गरिन्छ । यसमा कन्यालाई विशेष प्रकारको मन्त्रोचारण र पूजा गरी आफ्नो इस्ट देवता ( विष्णु भगवानको प्रतीक) सित विवाह गराइन्छ । बेल अर्थात् भगवान शिवको प्रतीकलाई साक्षी राखी यो कार्य सम्पन्न गरिन्छ ।


नेवारहरु इहिभन्दा पहिले कन्यालाई कुमारीका रुपमा पूजा गर्छन् । इहिपछि कन्यालाई लक्ष्मीका रुपमा पूजा गरिन्छ ।
इहि कार्यक्रम पण्डित वसव राजोपाध्यायले विशेष मन्त्रोच्चारण र पूजापाठ गरी सञ्चालन गरेका थिए भने इहि पूजापाठमा राजु तुलाधर र सिर्जना तुलाधरले सहयोगीको भुमिका निर्वाह गरेका थिए ।


नेवा गुठी न्युयोर्कले नेवारहरुको परम्परागत सस्कृति जर्गेना गर्ने विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ । इहि कार्यक्रम वाषिर्करुपमा गर्दै आएको गुठीका अध्यक्ष निर्मल प्रधानले बताए । ‘ नेवारी समुदायको मौलिक सस्कृतिलाई प्रवासमा भावी पुस्ता माझ निरन्तरता दिनका लागी यस्तो कार्यक्रम गदै आएको हो ‘ अध्यक्ष प्रधानले बताए । यस पटक चार जना कन्याको इहि सम्पन्न गरियो ।

 

 

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : २२ बजे