९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

रोटरी क्लब अफ न्युयोर्कको नेतृत्वमा नवराज केसी


१९ असार २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । नेपालीहरुको संयुक्त पहलमा सन २०१७ मा स्थापित रोटरी क्लब अफ न्युयोर्क क्विन्सको तेश्रो कार्यकालको जिम्मेवारी सामाजिक ब्यक्तित्व नवराज केसीले सम्हालेका छन् ।

संस्थापक अध्यक्ष समाजसेवी डा. तारा निरौलाको बोर्डमा सेक्रेटरी रहेर रोटरी क्लबलाई गतिशिल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका केसी दोश्रो कार्यकालका अध्यक्ष चर्चित समाजसेवी मोहन ज्ञवालीको बोर्डमा प्रसिडेन्ट इलेक्ट रहेर काम गरिसकेका अनुभवी ब्यक्ति हुन्। सामान्य पारिवारिक पृष्ठभुमिबाट अघि बढ्दै आफु आवद्ध क्षेत्रमा सधै अब्बल रहँदै आएका केसी हाल न्युयोर्क सिटीको क्विन्स कम्युनिटी बोर्ड ३ का सदस्य हुन् ।

नेपालका विभिन्न क्षेत्रमा संस्थागत र ब्यक्तिगत सामाजिक तथा मानवीय सहयोग गर्दै आइरहेका केसीसँगै बोर्डमा प्रेसिडेन्ट इलेक्ट जनक भण्डारी, सेक्रेटरी खामलाल भट्ट, एक्जुकेटिभ सेक्रेटरी ज्ञानल थापा र ट्रेजर गुरुदत्त पराजुली रहेका छन् । त्यस्तै, मेम्बरसिप चेयरमा किशनसिंह धामी, को-चेयरमा इन्दिरा घर्ती र सेर्जन अफ आर्ममा सञ्जिता कोइराला रहेका छन् ।

राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त पदस्थापना समारोहमा स्वागत मन्तब्य र प्रगति विवरण प्रसिडेन्ट मोहन ज्ञवालीले प्रस्तुत गरेका थिए । नवनिर्वाचित बोर्ड सदस्य तथा नयाँ सदस्यहरुलाई सहायक डिस्ट्रिक गर्भनर तारा निरौलाले प्रमाण पत्र र पिन वितरण गरेका थिए ।

पूर्व डिस्ट्रिक गर्भनर वेण्डी वाल्सले नवगठित बोर्ड सदस्लाई सपथ गराएको उक्त समारोहमा प्रतिभाशाली बालिका अरमानी महर्जनले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा न्युयोर्क सिटीका इलेक्टेड अफिसरहरुको उपस्थिति रहेको थियो । समारोहमा डा. निता जैन, एसेम्ब्लीमेन जेफरोन ओर्वी, फर्मर काउन्सिलवुमन एलिजावेथ क्राउली र काउन्सिल मेम्ब डोनोभान रिचर्डले नवनिर्वाचित बोर्डको उत्तरोत्तर प्रगतिसहित शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा रोटरी क्लब इन्टरनेसनलको नारा ‘सर्भिस एभोव सेल्फ’ लाई सार्थक बनाउन व्यक्तिगत तर्फबाट परिणममुखी सामाजिक काम गर्दै आएका ९ जनालाई न्युयोर्क सिटीका काउन्सिल मेम्वर डेनियल ड्रोमले साइटेसनसहित बिशेष सम्मान गरेका थिए । सिटीबाट संगीता मुखिया छोचुन, संजिता कोइराला, कमल प्रसाद भट्ट, प्रदिप वस्ती, कमला सुब्बा, मञ्जु बिष्ट, गंगा रिसाल र उर्मिला लामा सम्मानित भएका छन् । न्युयोर्कको क्विन्स लाइब्रेरीमा आयोजित उक्त समारोहमा संस्थाका सदस्यहरु, अन्य संस्थाका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, प्राध्यापक, बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : ३४ बजे