१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

तामाङ सोसाइटी अफ न्युयोर्कले विद्यार्थीलाई सम्मान गर्दै


२० असार २०७६, शुक्रबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

उच्च शिक्षालाई प्रोत्साहन गर्दै तामाङ सोसाइटी अफ न्युयोर्कले सन् २०१९ मा विभिन्न तह र विषयमा उच्च शिक्षा हासिल गरेका तामाङ विद्यार्थीहरुलाई सम्मान गर्ने जनाएको छ । मास्टर्स तह पूरा गर्ने तीन जना, ब्याचलर तहका चार जना र एशोसिएट तहबाट छ जना गरी १३ जना न्युयोर्क राज्यबाट शिक्षा हासिल गरेकालाई सम्मान गरिने संस्थाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

संस्थाको पहिलो वार्षिक साधारण सभाको अवसर पारेर उनीहरुलाई सम्मानका साथै विभिन्न पेशाका ब्यक्तित्वहरुसँग पेशागत सम्भावना र चुनौती बारेमा छलफलका लागि समेत सहभागी गराईने छ ।

सोसाइटीको पहिलो बार्षिक साधारण सभा यही जुलाई २० तारिक ज्याक्सन हाइटस्थित एल्महर्स्ट अस्पतालको अडिटोरियम हलमा गर्ने तय गरिएको छ । वार्षिक साधारण सभामा गत बर्षका कार्यक्रम तथा खर्च माथि छलफल गरी अनुमोदन गर्ने तथा आगामी वर्षका कार्यक्रम र त्यसका लागि आवश्यक बजेट तर्जुमा सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष गोमा योन्जनले बताइन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : ३२ बजे