ललितपुर । अमेरिकालाई कर्मक्षेत्र बनाउँदै आएकी कवि तथा लेखक दीपा राई पुनको ‘कहीं चोट’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ललितपुरको पुल्चोकस्थित इन्ट्रान्स क्याफेमा आयोजित कार्यक्रममा बरिष्ठ कबि तथा गीतकार मन्जुलले प्ले मेनुमा क्लिक गरेपछि भिडियो सार्वजनिक भएको थियो । गीति भिडियो गीतकार राईको आफ्नै युट्युब च्यानलमार्फत वल्ड प्रिमियर भएको हो ।
कार्यक्रममा कार्यक्रममा गीत माथि कवि श्रवण मुकारुङ, विप्लव प्रतीक, गायक शिव परिवार, कवि तुलसी दिवसले शुभकामना मन्तव्य राखेका थिए ।
गीतमा शिव परिवारको स्वर रहेको छ भने संगीत हरि लम्सालको । गीतको फिमेल भर्सन निशा देशारले स्वर दिएकी छिन् ।
भिडियोमा एलिसा राई र निराजन प्रधानको फिचर्ड छन् । भिडियोलाई निर्देशन खगेन्द्र पान्दक लिम्बु र छायाकंन अर्जुन तिवारी गरेका छन् ।