२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

मुख्यमन्त्री शाहीदेखि सञ्चामन्त्री बास्कोटासम्म ने क पाको जिल्ला इन्चार्ज, सूचीसहित


५ श्रावण २०७६, आइतबार  

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ ।

महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै तोकिएको छ ।

प्रधानमन्त्री निवास आइतबार बसेको बैठकले पार्टी एकता भएको १४ महीनापछि जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको हो । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो । नेकपाले यसअघि नै जिल्ला अध्यक्ष तथा सचिव तोकिसकेको छ । काठमाडौँ, ललितपुर, कास्की, चितवन, पर्सा, मोरङको इन्चार्ज तथा सहइन्चार्ज तोकिएको छ ।

मुख्यमन्त्री शाहीदेखि सञ्चारमन्त्री बास्कोटासम्म जिल्ला इन्चार्ज

ने क पाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिएका छन् । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिएकी छिन् ।

यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिएकी छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाएका छन् । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि इन्चार्ज तोकिए ।

 

सिरहामा दश सहइन्चार्ज

नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ । काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच÷पाँच तथा कास्की र सर्लाहीमा चार÷चार जना सहइन्चार्ज छन् ।

यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन÷तीन जना सहइन्चार्ज तोकिएको छ ।

 

जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची यस्तो छ

ताप्लेजुङ इन्चार्ज – भाष्कर काफ्ले

पाँचथर इन्चार्ज– इन्द्रबहादुर आङ्बो, सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फे

इलाम इन्चार्ज– धीरेन्द्र शर्मा

झापा इन्चार्ज– रबीन कोइराला, सहइन्चार्जमा देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशी

मोरङ इन्चार्ज– घनेन्द्र बस्नेत, सहइन्चार्ज गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे र महेश रेग्मी

सुनसरी इन्चार्ज – धर्मराज निरौला, सहइन्चार्ज एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी

धनकुटा इन्चार्ज – हेमराज भण्डारी

तेह्रथुम इन्चार्ज – जयन्ती राई, सहइन्चार्जमा दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा

सङ्खुवासभा इन्चार्ज – राजेन्द्रकुमार राई, सहइन्चार्जम राजेन्द्र कार्की

भोजपुर इन्चार्ज – सुदन राई किराती, सहइन्चार्जमा हरिबहादुर राई

खोटाङ इन्चार्ज – विशाल भट्टराई, सहइन्चार्जमा दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की

सोलुखुम्बु इञ्चार्ज – शिवबहादुर बस्नेत, सहइन्चार्ज – हेमकुमार राई

ओखलढुङ्गा इन्चार्ज– यज्ञराज सुनवार

उदयपुर इन्चार्ज – बलदेव चौधरी, सहइन्चार्जमा मञ्जुकुमारी चौधरी

विराटनगर महानगरपालिका इन्चार्ज – शिवकुमार मण्डल

सप्तरी इन्चार्ज – रामप्रीत पासवान

सिरहा इन्चार्ज – लीलानाथ श्रेष्ठ, सहइन्चार्जमा अजयशङ्कर नायक, गङ्गाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरी

धनुषा इन्चार्ज – जोगकुमार बर्वरिया, यादव सहइन्चार्जमा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतो

महोत्तरी इन्चार्ज – राजु खड्का, सहइन्चार्जमा प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल र सरोज यादव

सर्लाही इन्चार्ज – डाचाराज वाग्ले, सहइन्चार्जमा अच्युतम काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोवी र लक्ष्मण पौडेल

रौतहट इन्चार्ज – युवराज भट्टराई, सहइन्चार्जमा कल्याणीकुमारी खड्का र सरलाकुमारी यादव

बारा इन्चार्ज – बलवीरप्रसाद चौधरी, सहइन्चार्जमा गोपाल ठाकुर र ज्वालाकुमारी शाह

पर्सा इन्चार्ज – नागेन्द्र चौधरी, सहइन्चार्ज र रामचन्द्र शाह तेली

वीरगञ्ज महानगरपालिका इन्चार्ज – दिनेश राई

चितवन इन्चार्ज – कृष्ण खनाल, सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गङ्गाकुमारी बेलवासे र ज्ञानु बस्नेत सुवेदी

मकवानपुर इन्चार्ज – विरोध खतिवडा, सहइन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना

धादिङ इन्चार्ज – शालिकराम जम्मकट्टेल, सहइन्चार्ज र खेम लोहनी

नुवाकोट इन्चार्ज – महेन्द्रबहादुर पाण्डे

रसुवा इन्चार्ज – विमला सुवेदी, सहइन्चार्जमा माधव अर्याल

सिन्धुपाल्चोक इन्चार्ज – कृष्ण सापकोटा, सह–इन्चार्जमा अरुण नेपाल, माधव सापकोटा र युवराज दुलाल

दोलखा इन्चार्ज – देवी खड्का, सहइन्चार्जमा रचना खड्का

रामेछाप इन्चार्ज – देशशङ्कर पौडेल, सहइन्चार्जमा कैलाश ढुङ्गेल र श्यामकुमार श्रेष्ठ

सिन्धुली इन्चार्ज – विषमलाल अधिकारी, सहइन्चार्जमा उमादेवी कोइराला, कमलजङ्ग राई र गणेश पहाडी

काभ्रेपलाञ्चोक इन्चार्ज – गोकुल बाँस्कोटा

भक्तपुर इन्चार्ज – दिलीपकुमार प्रजापति, सहइन्चार्जमा सोमप्रसाद मिश्र

ललितपुर इन्चार्ज – हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल

काठमाडौँ इन्चार्ज – सावित्रा भुसाल, सहइन्चार्जमा अञ्जना विशङ्खे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर

भरतपुर महानगरपालिका इन्चार्ज – रेणु दाहाल

ललितपुर महानगरपालिका इन्चार्ज – सुशीला नेपाल

काठमाडौंँ महानगरपालिका इन्चार्ज – जीवनराम श्रेष्ठ

गोरखा इन्चार्ज – कृष्णप्रसाद धिताल, सहइन्चार्जमा परशुराम रम्तेल, सुशीला सिम्खडा र चुडामणि जङ्गली

तनहुँ इन्चार्ज – हरिबहादुर चुमान, सहइन्चार्जमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ

लमजुङ इन्चार्ज – मायानाथ अधिकारी सहइन्चार्जमा अमरबहादुर तमु

स्याङ्जा इन्चार्ज – पद्मा अर्याल, सहइन्चार्जमा सीता सुनदास

कास्की इन्चार्ज – राजकाजी गुरुङ, सहइन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी

मनाङ इन्चार्ज – रामशरण बस्नेत

नवलपरासी पूर्वइन्चार्ज – तिलक महत, सहइन्चार्जमा बालकृष्ण गैरे र रवीन्द्र अधिकारी

पवर्त इन्चार्ज – गुप्तबहादुर ठकुरी

बाग्लुङ इन्चार्ज – वलावती शर्मा, सहइन्चार्जमा मनाकुमारी जिसी केसी

म्याग्दी इन्चार्ज – भुपेन्द्रबहादुर थापा

मुस्ताङ इन्चार्ज – श्रीमाया थकाली

पोखरा महानगरपालिका इन्चार्ज – मानबहादुर जिसी

नवलपरासी पश्चिम इन्चार्ज – वैजनाथ चौधरी

रुपन्देही इन्चार्ज – लीला गिरी, सहइन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्टराई र दधिराम न्यौपाने

कपिलवस्तु इन्चार्ज – गिरिधारीलाल न्यौपाने, सहइन्चार्जमा विमला घिमिरे

पाल्पा इन्चार्ज – सोमप्रसाद पाण्डेय, सहइन्चार्जमा तुलाराम घर्ती

गुल्मी इन्चार्ज – दिनेश पन्थी

अर्घाखाँची इन्चार्ज – नजीर मियाँ, सहइन्चार्ज सुशीला श्रीपाइली ठकुरी

प्यूठान इन्चार्ज – कृष्णध्वज खड्का

दाङ इन्चार्ज – जीवन गौतम, सहइन्चार्जमा इन्द्रजीत थारू, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोख्रेल र शान्ता चौधरी

रुकुम पूर्वइन्चार्ज – खेममान खड्का, सहइन्चार्जमा कमला रोका र तेजबहादुर ओली

रोल्पा इन्चार्ज – दीपेन्द्र पुन, सहइन्चार्जमा ताराकुमारी घर्ती र नवीन रोका मगर

बाँके इन्चार्ज – दिनेश यादव, सहइन्चार्जमा पूर्णकुमारी सुवेदी, महेश्वरजङ्ग गहतराज र मोहमद हारुन हलुवाई

बर्दिया इन्चार्ज – लक्ष्मण ज्ञवाली, सहइन्चार्जमा तिलकराम शर्मा र सन्तकुमार चौधरी

सुर्खेत इन्चार्ज – नरबहादुर बिष्ट, सहइन्चार्जमा झकबहादुर मल्ल

दैलेख इन्चार्ज – लक्ष्मीप्रसाद पोख्रेल, सहइन्चार्जमा राजबहादुर बुढा

जाजरकोट इन्चार्ज – भैरवसुन्दर श्रेष्ठ, सहइन्चार्जमा गोविन्दविक्रम शाह, नीरज आचार्य र रामदीप आचार्य

कालीकोट इन्चार्ज – महेन्द्रबहादुर शाही

जुम्ला इन्चार्ज – गजेन्द्रबहादुर महत, सहइन्चार्जमा नरेश भण्डारी

मुगु इन्चार्ज – मोहन बानियाँ, सहइन्चार्जमा चन्द्रबहादुर शाही

हुम्ला इन्चार्ज – विजय भण्डारी

डोल्पा इन्चार्ज – हंसबहादुर शाही

सल्यान इन्चार्ज – टेकबहादुर बस्नेत, सहइन्चार्जमा गुलाबजङ्ग शाह

रुकुम पश्चिम इन्चार्ज – राजकुमार शर्मा, सहइन्चार्जमा वसन्तकुमार शर्मा र शेरबहादुर केसी

दार्चुला इन्चार्ज – गणेश ठगुन्ना

बैतडी इन्चार्ज – नरेन्द्रबहादुर कुँवर, सहइन्चार्जमा पुरनसिंह दयाल र रेणु चन्द

डडेलधुरा इन्चार्ज – खगराज भट्ट, सहइन्चार्जमा निरादेवी जैरु

कञ्चनपुर इन्चार्ज – विक्रम शाही, सहइन्चार्जमा देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा

कैलाली इन्चार्ज – रुपा चौधरी सहइन्चार्जमा मदनकुमारी शाह, झपटबहादुर रावल, नारदमुनि राना, वीरमान चौधरी, महेश्वर पाठक, लीलाकुमारी भण्डारी, हरिनारायण चौधरी

डोटी इन्चार्ज – प्रेमबहादुर आले, सहइन्चार्जमा गौरी ओली

अछाम इन्चार्ज – तारामान स्वाँर, सहइन्चार्जमा शरदसिंह भण्डारी

बझाङ इन्चार्ज – भैरवबहादुर सिंह, सहइन्चार्जमा देवराज रेग्मी

बाजुरा इन्चार्ज – लालबहादुर थापा, सहइन्चार्जमा प्रकाशबहादुर शाह

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५७ बजे