११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ [कविता]


२१ श्रावण २०७६, मंगलबार  

0
Shares

–बासु शशी

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ
यद्यपि यो हो कि
पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा
लहरहरु लाग्छन्
यद्यपि यो हो कि
पर्खाल सायद नभई हुन्न
मानो देवता हो त्यो
किन्तु पर्खाल पर्खालमात्रै हो
त्यो आकाशमा पुग्न सक्दैन
र भित्रै पस्नेहरु त त्यसलाई उक्लने पनि
हुन्छ
र पर्खाल, त्यो भत्कन पनि सक्छ ।

परन्तु अचेलका शहर सडक, जो
बालबच्चाका लागि काम लाग्दैन
र अचेल मानिसले जो मानिसहरुबाट
आफुलाई बढ्ता अलग्याउनुपर्छ
पर्खालमाथि चाहे जतिसुकै खेद प्रकट गरुँ
म त्यसलाई लगाउँछु
(पर्खाल सायद सबभन्दा अप्रिय आवश्यकता हो)

सायद यो जमानामा हामी पर्खालको जरुरत
मिटाउनलाई
पर्खाल लगाउँछौ
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौं
(तर) लगाउँछौ, लगाउँछौ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ
(हुन त सबथोक सबभन्दा बढ्ता चाहिने यग पनि यही हो)
पर्खाल, लोग्नेमान्छेजस्तो पर्खाल
टाउको लगेर ठोक्न पनि हुने पर्खाल ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ११ बजे