३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

जनतासँग सीधा कुराका सञ्चालक रवि लामिछाने पक्राउ


३० श्रावण २०७६, बिहिबार  

0
Shares

काठमाडौँ: पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्था फेला परेका थिए ।

घटनास्थलमा फेला पारको मृतकको मोबाइलमा रहेको भिडियोको आधारमा प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । मृत पुडासैनीले भिडियो आफ्नो आत्महत्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको जानकारी दिएका थिए। अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ७ : ४७ बजे