९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

यसकारण रवि लामिछानेका समर्थकहरु अन्धभक्त?


७ भाद्र २०७६, शनिबार  

0
Shares

शुभप्रभात राई

पत्रकार शालिकराम पुडासैनी गत साउन २० गते भरतपुरस्थित होटल कङ्गारुको कोठा नम्बर २०२ मा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे ।

पत्रकार पुडासैनीको मृत्युपछि यो आत्महत्या थियो वा हत्या यसबारे देशभर चर्चा चल्न थाल्यो । प्रहरीले अनुसन्धान थालिसकेको थियो । यही बीचमा पुडासैनीको मृत्यु प्रकरणमा न्युज २४ पनि जोडियो । मृत्युअघि माउन्टेन टेलिभिजनमा कार्यरत रहेपनि सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेले आफ्नो पूर्व सहकर्मी पुडासैनीको मृत्युप्रति गहिरो दुख व्यक्त गरे । साउन २२ गते पशुपति आर्यघाटमा पुडासैनीको दहसंस्कार गरेर फर्केका लामिछानेमाथि एउटा आरोप लागिसकेको थियो- ‘रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको खुलासा, अडियो भेट्टियो‘ शीर्षकमा दैनिक अनलाइनमा ।

रविलाई यस प्रकरणमा मुछ्न खोजिएपछि यो हत्या हुनसक्ने अनुमान धेरैले लगाए। तर, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्दनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टमको रिपोर्टमा उल्लेख छ । प्रहरीले यसलाई आत्महत्या नै करार गरिसकेको छ ।

शालिकरामको मृत्युको ८ औं दिनसम्म प्रहरीले सार्वजनिक रुपमा देखिने गरी केही कदम चालेनन् । घटना भएको ९ दिनपछि रविका आलोचक मानिने नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको जनआस्था साप्ताहिकमा ​पत्रकारले मर्दामर्दै खोलेको पोल शीर्षकमा समाचार छापियो ।

त्यही दिन दिउँसो नेपालआजको युट्युब च्यानलमार्फत शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजानिक भयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा काठमाडौं प्रहरी परिसर रानीपोखरीको टोलीको उक्त भिडियो कै आधारमा साउन ३० गते साँझ पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने र युवराज कँडेल न्युज २४ को कार्यलयबाटै पक्राउ परे । अस्मिता कार्कीलाई भने साउन २९ गते नै काठमाडौँबाट पक्राउ गरिसकेको थियो ।

नेपालमा अहिले युट्युब हेरौ, रवि नै ट्रेन्डिङको विषय बनेको छ । दिन प्रतिदिन सनसनी फैलाउने हेडलाइन राखेर भिडियोहरु अपलोड भइरहेका छन् । भ्युअर्स बढाउने खेलमा नानाथरी भिडियो बनाउन थालिएको छ । सत्यतामा आधारित भिडियो ठीकै हो तर, हल्काफुल्का कुरालाई अतिरञ्जित गरी बनाएका भिडियोले रविको छविमासमेत आँच पुर्‍याउने देखिन्छ ।

रविको छवि कति छ भन्ने विषयमा चितवनमा उर्लिएको उनका समर्थकलाई हेरे पुग्छ । उनका समर्थकलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यलय चितवनलाइ अहिलेसम्म हम्मे परेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत बाहिर उनीहरुले पक्राउ परेको भोलिपल्ट बाटनै नाराबाजी गरिरहेका छन् ।

गत शुक्रबार र शनिबार त भिड उत्तेजित हुँदा झडपसमेत भयो । केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए भने, प्रहरीको तर्फबाट पनि अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । अहिले केही स्थानलाई प्रदर्शन निषेधित क्षेत्रसमेत बनाएको छ ।

के रवि लामिछानेको समर्थकहरु अन्धभक्त नै हुन ?

रवि लामिछानेका समर्थकहरुलाई ‘अन्धभक्त’ मात्रै भनेर धेरैले आलोचना गरिरहेका छन् । तर, रवि किन यति प्रिय भए भन्ने कुरामा भने आलोचकहरुले ख्यालै गरेका छैनन् ।  कुनै पनि सञ्चारकर्मीको समर्थनमा सायदै यति धेरै जनता सडकमा उत्रिन्छन् । न त कुनै दलका नेता न कार्यकर्ता, तैपनि जनता स्वतस्फूर्त सडकमा ओर्लिएका छन् – रविलाई मुक्त गर्न माग गर्दै ।

‘हाम्रो रवि, हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ उनका समर्थकले यस्तासम्म नारा लगाउन भ्याएका छन् ।

रविको काम पत्रकारितामा पर्दैन रे ? आवाजविहीनको आवाज बन्दिने अनि अनियमितता गर्नेलाई खबरदारी गर्ने काम पत्रकारिताभित्र किन परेन ? सायद यो इर्ष्या र डाहले हुन सक्छ रविको कामलाई पचाउन नसकेको । नभए, रविले पत्रकारिताभित्रै रहेर सचेत बनाउने काम त गरिरहेकै थिए । तर, ‘हाम्रो बोली रविले बोलिदिन्छ भन्ने आशा र विश्वास धेरैलाई लागिसकेको छ ।’ गलत काम गर्नेहरुको बिरुद्ध सधैं उनले उनको कार्यक्रममार्फत खबरदारी पनि गर्दै पनि आएका छन् ।

आज उनी अप्ठेरोमा पर्दा सबभन्दा खुसी गलत काम गर्नेहरु नै पनि भएको होलान नि । उनले गरेको कामलाई पत्रकारिता भन्ने कि नभन्ने भन्ने प्रश्न पनि होला । किनकी प्राय धेरै बहसमा उनले अन्तमा निर्णय स्वयं दिने गर्दछन् । तर जसरी भए पनि सयौंको उद्दार गर्न भने पक्कै सफल भइसकेका छन् रवि ।

लामिछाने एउटा प्रभावकारी र दमदारिलो कार्यक्रम प्रस्तोता हुन् । यो आम श्रोताले मनन पनि गरिसकेको कुरा हो । त्यसो त उनले ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेर विश्व कीर्तिमान गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

नेपालमा हिरो हुन अरु केही नगरे हुने रहेछ । आफ्नो काम इमान्दारीका साथ गरे हुने रहेछ भन्ने सन्देश पनि लामिछानेबाट सिक्न सक्छौं । रवि लामिछाने एक टेलिभिजन प्रस्तोता हुन् । उनले पीडितहरुको आवाज आफ्नो कार्यक्रममार्फत् टेलिभिजनमा सुनाए र नै यतिका नेपालीको विस्वास जित्न सफल भएका हुन् ।

भिडियो अन्तिम सत्य हो त ?

मृतक पत्रकार शालिकराम पुडासैनीको श्रब्य-दृश्य बकपत्रका रुपमा सार्वजनिक भएको भिडियो अनुसन्धानका लागि बलियो आधार हो । तर यो भिडियोकै भरमा कसैलाई दोषी करार गरी हिरासतमा तत्कालै थुन्न मिल्ने कि नमिल्ने ? जबकी पुडासैनीको श्रीमतीले किटानी जाहेरी नै गरेकी थिइनन् ।

फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्ग बिबिसि नेपालीसँग भन्छन्, “आत्महत्या गर्ने बेलामा कसैको नाम लेखेर वा बोलेर गयो भन्दैमा त्यो प्रणाम बन्छ भन्ने हुँदैन। कानुनी रूपमा प्रमाण हुने गरि त्यो कुरा स्थापित हुनुपर्छ।”

डिप्रेसनमा शालिकराम

शालिकराम स्वंयले आफूलाई डिप्रेसन भएको स्विकार गरेका छन् । कसैको दबावमा रहेर आफूलाई डिप्रेसन भएको कुरा स्विकार गर्न अनि औषधि सेवन गर्न सायद कोही पनि तयार हुँदैनन् । डाक्टरहरुका अनुसार डिप्रेसन भएका जो कोही व्याक्ति अनायासै कुरा खेलाउने र अरुलाई बढी शंका गर्ने गर्छन् । फेरी उनि डिप्रेसनको औषधि सेवन गर्दै आएको कुरा पनि प्रष्ट ।

र उक्त भिडियोमा एक डिप्रेसनमा परको व्याक्तिले बोलेको कुरा कति सम्म सत्य हो भनेर पनि राम्रोसंग छानविन हुन जरुरी छ ।

भिडियोमा एक्कासी कसरी आयो सिरानी ?

भिडियो कसरी तयार भयो ? शालिकराम स्वंयले खिचे या कसैले बाध्य पारी बक्न लगायो ? यो गम्भीर प्रश्न हो ।
भिडियो सुरु भएको २ मिनेट ५ सेकन्डमा भिडियो परिवर्तन हुन्छ । सिरानी देखिन्छ । अर्थात यसबाट प्रष्ट हुन्छ कि यो भिडियो इडीटेड हो ।

नेपाल आजले सार्वजनिक गरेको भिडियको दुई मिनेट २६ सेकेन्ड देखि २ मिनेट ३४ सेकेन्डसम्म र पाँच मिनेट २९ सेकेन्डदेखि पाँच मिनेट ४२ सेकेन्ड सम्मको भिडियोमा शालिकराम लखिएको कुरा पढिरहेको देख्न सकिन्छ । र उनले आफुलै कुन हरफ पढिरहेको छु भनेर खोजिरहेको जस्तो पनि देखिन्छ ।

शालिकरामको आँखा यताउता दौडनु : भिडियोमा बोल्दै गर्दा शालिकरामले यताउता पल्याकपुल्लुक हेरेको जस्तो देखिन्छ । यसरी हेर्दा उनी मोबाइलमा बोल्दै कसैलाई हेर्दै गरेका हुन्की जस्तो देखिन्छ । भिडियो खिच्दा आँखा क्यामराभन्दा बाहिर गएमा अरु कसैलाई हेरेजस्तो देखिन्छ । तपाई स्वंयले भिडियो खिच्नु भयो र क्यामराभन्दा बाहिर हेर्नु भयो भने अर्को व्यक्तिलाई हेरेजस्तो देखिन्छ ।

उक्त भिडियोको अत्यमा दुई हातले नमस्कार गर्दा मोबाइल नखस्नुः भिडियोको अन्तिममा शालिकराम दुई हात जोड्दै बिदा हुन्छन् । सेल्फी भिडियो भए त मोबाइल खस्नुपर्ने ? यो पनि खोजी गरिएको प्रश्न हो । सामान्य हिसाबले हेर्दा शालिकरामले भित्तामा आडेस लगाएर भिडियो खिचेका अनुमान लगाउन सकिन्छ । किनकी उनको टाउको पनि उठेको छ ।

लामिछानेसहित तीनै जनालाई भाद्र ३ गते चितवन जिल्ला अदालतमा उपस्थित गराई बहसपछि पुन: पाँच दिनको म्याद थप गरिएको छ । अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि नै ५ दिनको म्याद दिएको थियो ।

रबि लामिछाने स्वंय शालिकरामलाई धम्काउन लागि परे होलान् भन्ने विश्वास लाग्दैन । अनुसन्धानबाट निर्दोष ठहर भइ रबी थप बलियो र परिपक्व भएर फर्किने आशा छ ।

अन्तमा बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिला ? भने झै, नेपाल प्रहरीको साथमा रहेको भिडियो कसरी भयो लिक ?

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५७ बजे