सोल, दक्षिण कोरिया– आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ ।
‘उत्तर कोरिया त्यस्ता वार्ताका लागि ‘इच्छुक हुन असमर्थ बन्ने छ’ जसले हामीलाई केही फाइदा हुँदैन,’ केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गर्दै भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै आइतबार लेखेको एक ट्वीटर सन्देशको जवाफमा नेता किमको उक्त भनाई आएको हो ।
ट्रम्पको सन्देशमा ‘सम्झौता गर्नका लागि तपाईं शीघ्र कदम चाल्नुहुनेछ । छिट्टै भेटौँला’ लेखेका थिए ।









