स्वास्थ्यमा सुधार भएपछि प्रधानमन्त्रीले ट्वीटरबाट यसो भने

२०७६ मंसिर १२, बिहीबार १०:२५

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बिहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।

प्रधानमन्त्रीको मंगलबार ल्यापरोक्टोमी (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र एपेन्डेक्टोमी (एपेन्डिक्स हटाउने शल्यक्रिया) गरिएको थियो। जोखिम कम भएपछि प्रधानमन्त्रीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको थियो।

प्रधानमन्त्रीले बिहीबार बिहान १०:४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

 

सम्बन्धित समाचार