४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

राष्ट्रपति भण्डारी जनकपुरमा, रामजानकी विवाह महोत्सवको तिलकोत्सवमा सहभागी



जनकपुर– रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी हुन् । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् ।

जानकी मन्दिरको पूजापछि प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुने कार्यक्रम छ । विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ।

राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : ५० बजे