२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुखमा नेपालका चापागाईँ चयन



काठमाडाैं– विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासंघ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं चयन भएका छन् । महासंघमा १ फेब्रुअरी २०२० देखि उनको कार्यकाल ४ वर्षको हुनेछ । उनी खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका हुन्।

२५ वर्षदेखि रेडक्रस अभियानमा क्रियाशील इन्जिनीयर चापागाईँ उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् ।

आइएफआरसी रेडक्रस मुलुकहरुको विश्व छाता सङ्गठन हो । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासंघमा आबद्ध छन् ।

आइएफआरसीको मंगलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं उक्त पदमा छानिएका हुन् । उनले यसअघि आइएफआरसीका एसिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत भूमिका निर्वाह गरेका छन् ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागार्इं महासचिव पदमा छानिएको बैठकमा जानकारी दिएका थिए । यसअघि उक्त पदमा इलाड सई कार्यरत थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ३१ बजे