५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मोदीले माधव नेपाललाई भेट्न समय दिएनन्, भारत भ्रमण रोकियो



काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय गरेका थिए ।

केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका थिए।

भेटघाटका लागि दुवै देशका परराष्ट्र मन्त्रालयमार्फत समन्वय भइरहेको छ। तर, प्रधानमन्त्री मोदीको समय नमिलेका कारण नेता नेपालको दिल्ली भ्रमण रोकिएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गरिएको छ।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ११ : ५५ बजे