१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

संसदको हिउँदे अधिवशेन आजदेखि



काठमाडाैं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन शुक्रबार देखि सुरू हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।

बैठकको कार्यसूची तय गर्न १ बजे संसद भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : ४५ बजे