३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

धेरै छावा जन्माउने ‘पूजाकली’ रहिनन्



काठमाडाैं– लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मंगलबार मृत्यु भएको छ । हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जकले जनाएको छ ।

पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको थियो । एक वर्षदेखि उपचारमा लाखौँ खर्च गरिए पनि रोग पत्ता लागेको थिएन । पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएकी थिइन् ।

पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन् ।

विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औषत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ४४ बजे