२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

कारागारमा कैदीबीच झडप, कम्तीमा १६ जनाको मृत्यु



एजेन्सी– कारागारमा कैदी कैदीबीच भएको झडपका क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ ।

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मंगलबार दिउँसो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयानुसार दिउँसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ०८ बजे