काठमाडौँ — राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
शुक्रबार भएको सहमति अनुसार प्रदेश–२ मा हुने ४ पदको निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला, अल्पसंख्यक र समाजवादीबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति भएको हो ।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबार कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको थियो।









