नेजाको अधिवेशन न्युयोर्कमा

२०७६ पुष २३, बुधबार १८:३८

 

 

न्युयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन एवं १४ औं साधारणसभा अमेरिकाको न्युयोर्क राज्यमा हुने भएको छ ।

संघको कार्यसमितिको गत डिसेम्बर ८ तारिखमा कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले न्युयोर्कमा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न संघकी उत्तरपूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरेको छ ।

अधिवेशन प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे महिनाको २ र ३ तारिखमा गर्ने तयारी भइरहेको नेजाले बताएको छ । अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागी हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजाले विशेष अनुरोधसमेत गरेको छ ।

नेजाको अधिवेसन १२ वर्षपछि न्युयोर्कमा हुन लागेको हो । हरेक वर्ष अमेरिकाका विभिन्न राज्यहरुमा हुँदै आएको अधिवेशन यसअघि सियाटाल, लसएन्जलस, टेक्सासको हुस्टान, एटलान्टीक सिटी, वासिङटनडीसीमा भएको थियो ।

सम्बन्धित समाचार