६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

सभामुख उम्मेदवार चयन गर्न ओली र दाहालबीच छलफल



काठमाडाैं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटमा सभामुख चयनको विषयमा छलफल हुने स्रोतले जनाएको छ । दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफल सकारात्मक हुँदै गएको दुई अध्यक्ष निकट नेताहरुको दाबी छ।

यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ।

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अध्यक्ष दाहालले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आइरहेकी छन्। एक साता अगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा दिन भनेपनि सभामुमखको उम्मेदवार तय नँहुदासम्म राजीनामा नदिने अडान उनले राखेकी छन्।

संसदको बैठक माघ ६ गतेका लागि बोलाइएको छ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ५४ बजे