३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेविसंघका दुई पक्षबीच कांग्रेस केन्द्रीय कार्यालयमा झडप



काठमाडाैं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच सोमबार दिउँसो झडप भएको छ ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात गरेको हो । नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ ।

तर यो व्यवस्थाविपरित ५० वर्षीय राजीव ढुङ्गानालाई नेतृत्वले संघको नेतृत्व दिन लागेको विरोधमा विद्यार्थीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आक्रमण गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  २ : ५५ बजे