२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

नेपालले चीनलाई पठायो १२ हजार मास्क



काठमाडाैं– नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ। नोवल कोरोना भाइरस फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग बढेको छ ।

‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोगस्वरुप १२ हजार थान मास्क पठाएको हो।

चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ।

चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवर्द्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १३ बजे